न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन, ८ वैशाख (रासस) । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको...
कास्की काँग्रेस सभापति केसीलाई कोरोना संक्रमण पुष्टि,शिघ्र स्वास्थ्यलाभको कामना
पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना हुनु भएका केसीमा मङ्गलबार कोरोना संक्रमण पुष्टि भएको हो । उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि  परिवारका...
कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन प्रयोगविहीन, सेवाग्राही मर्कामा
गण्डकी, ७ वैशाख (रासस) । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै रु पाँच लाख बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन बनेको हो । स्वास्थ्यचौकीले...
कालिकामा पूजा
बलेवा, ७ वैशाख (रासस) ।गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् । वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले...
घर जलेपछि टहरामा बास
दमौली, ७ वैशाख (रासस) ।तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो । घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ । जलेकै घर...
जेसीआई पोखरा लेडीद्वारा भण्डारी सम्मानित
पोखरा, ७ वैशाख । जेसीआई पोखरा लेडीले नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचनसँगै पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीलाई सम्मान गरेको छ। उनलाई दोसल्ला, टिका र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले महिलालहरु विचलित नभई लक्ष्य प्राप्त गर्न अघि बढ्नुपर्ने बताउनुभयो । जेसीआई पोखरा लेडी वर्ष २०२१ का...
गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र
पोखरा, ७ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगले गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको छ । आयोगद्वारा पोखरामा आज आयोजित छलफलमा आयोगका अध्यक्ष गणेशदत्त भट्टले प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको जानकारी दिनुभयो । आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने तयारी समेत गरेको...
थप एक हजार २८१ जनामा कोरोना पुष्टि
काठमाडौँ, ६ वैशाख (रासस) । थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । थप सात हजार एक जनाको पिसिआर परीक्षण गर्ने क्रममा एक हजार २८१ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना...
पोखरामा व्यूटिसियन संघको अन्तरक्रिया
पोखरा, ६ वैशाख । नेपाल व्यूटिसियन संघ कास्कीले पोखरामा सोमबार अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा ६० भन्दा बढी व्यूटिसियनको सहभागिता रहेको थियो । कार्यक्रममा व्यूटिसियन व्यवसायका अवसर, चुनौती र समस्या समाधानका बारेमा छलफल भएको थियो । कार्यक्रम उद्घाटन गर्दै नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले व्यवसायका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको...
वन क्याम्पसमा नेवि संघको रक्तदान
पोखरा, ६ वैशाख । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस इकाइ समितिले नेवि संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ । वन क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा ५० जना शिक्षक तथा विद्यार्थीले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा  नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ (ख) कास्कीका सभापति दीपेन्द्र...
कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाए ः डा. संग्रौला
पोखरा, ६ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गर्नु भएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुइतिहाइ नजिकको सरकार चलाउन नसकेर नेपालको राजनीतिलाई अस्थिरतामा धेकेलेको आरोप लगाउनुभयो । उहाँले देशलाई निकास दिने काँग्रेसको दायित्व भएको हुँदा ओली...
तनाव मुक्त हुन खोज्दै पर्यटन व्यवसायी
पोखरा, ६ वैशाख । कोरोनाको त्रास जारी नै छ । फेरि लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरोलिरहेको छ । कोरोनाको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरापनि त्यसको असरबाट अछुतो रहेन । यहाँका पर्यटन व्यवसायीहरुलाई पनि यसको नकारात्क असरले ठूलो प्रभाव पा¥यो । यसको असरबाट व्यवसायीहरुलाई ताजगी दिलाउनका लागि पोखरा...