न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ, १४ वैशाख (रासस) । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर...
पोखराको पर्यटन विकासका लागि परिषद् र महानगरबीच छलफल
पोखरा, १४ वैशाख । पोखरा पर्यटन परिषद्ले पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायी बीच छलफल गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा संघमा आवद्ध संघसंस्थाका प्रतिनिधि सहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसी बीच  कोभिड १९ को समस्या र पोखराको पर्यटनको विषयमा छलफल भएको हो । कोभिड १९ को महामारी...
सभापति देउवाद्वारा कोरानाको सङ्क्रमण रोक्ने हर सम्भव उपाय गर्न माग
काठमाडौँ, १३ वैशाख (रासस) ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले सङ्क्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकारलाई गम्भीर हुन...
त्रिविका सबै परीक्षा स्थगित
काठमाडौँ, १३ वैशाख (रासस)।  त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन...
गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव, बुधबार मतदान
पोखरा,१३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस गरिएको छ । प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत सोमबार बसेको प्रदेशसभाको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो । अविश्वासको प्रस्ताव पेस गर्दै काँग्रेसका पोखरेलले मुख्यमन्त्री गुरुङले प्रदेशको विकास गर्न नसकेको आरोप लगाउनुभयो...
सरकारी निर्णय अवज्ञा गर्ने विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमा
सप्तरी, १३ वैशाख (रासस)कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्रणमा लिएको हो ।...
मन्त्रिपरिषद्को बैठक बस्दै
पोखरा, १३ वैशाख । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामका महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको छ ।
झाडापखालाबाट दिदीबहिनीको निधन
तुलसीपुर, १३ वैशाख (रासस)। झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो । दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका...
सुरक्षित रहँदै व्यवसाय गर्न पोउवा संघको आग्रह
पोखरा, १३ वैशाख ।पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न,...
पोखरामा मास्क नलगाउने एक हजार बढी प्रशासनको नियन्त्रणमा
गण्डकी, १२ वैशाख (रासस) ः कास्की प्रशासनले कोभिड–१९ को रोगथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तिब्र बनाएको छ । पोखरा बजारमा दिनानुदिन संङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका साथै बिभिन्न समारोह हुने पार्टी प्यालेसहरुमा अनुगमन बढाएको हो । प्रशासनले आज कास्की पोखराका अधिकतम भिडभाड हुने ठाउँहरु चिप्लेढुङगा,...