न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

यसकारण स्थगित भयो काँग्रेस केन्द्रीय समिति बैठक
काठमाडौँ, १५ वैशाख (रासस) आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ । बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण तीव्र...
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने
गण्डकी, १५ वैशाख (रासस) ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ । मङ्गलबारको बैठकमा नेकपा(एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई...
ढुङ्गाले थिचेर श्रीमतीको हत्या
तुलसीपुर, १५ वैशाख (रासस) । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका...
कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स
काठमाडौँ, १५ वैशाख (रासस) । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो । “हामीले...
मध्यरातमा भूकम्प
पोखरा, १५ वैशाख । काठमाण्डौमा मङ्गलबार राति भूकम्प गएको छ । कंलकीलाई केन्द्र बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । राति १ बजेर ५९ मिनेटमा कंलकीसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।
कोरोना जोखिम बढेपछि सर्वोच्च अदालतको सेवा प्रभावित
काठमाडौँ, १५ वैशाख (रासस) । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण अवधिभर...
पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो आएपछि मन्त्रालयले जारी ग¥यो यस्तो सूचना
काठमाडौँ, १४ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिनुभयो । उहाँका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत...
सांसदको पिसिआर टेस्टपछि संसद सुचारु गरिने सहमति
पोखरा, १४ वैशाख । सांसदको पिसिआर टेस्ट माग गर्दै अबरुद्ध गण्डकी प्रदेशसभाको बैठक सबै सांसदको पिसिआर टेस्ट गरी सुचारु गर्ने सहमति भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा सबै सांसदको आज मंगलबार नै स्वाब संकलन गरी टेस्ट गरिने सहमति जुटेको हो । टेस्टपछि कोरोना पोजेटिभ देखिएका सांसदले भोलि बुधबार हुने मतदानमा भाग लिन पाउने...
कास्की काँग्रेस सभापति केसीको परिवारलाई समवेदना व्यक्त गर्न महामन्त्री शशांक कोइराला देउमाणिमा
पोखरा, १४ वैशाख । प्रजातन्त्र सेनानी, नेपाली काँग्रेसका क्रियाशील सदस्य हर्क बहादुर केसीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा मङ्गबार श्रद्वाञ्जली सभा गरिएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २८ ले देउमाणिमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त, छिमेकी र परिवारजनको सहभागिता रहेको थियो । श्रद्वाञ्जली सभामा सहभागिता जनाउन तथा...
ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि
काठमाडौँ, १४ वैशाख (रासस)। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री...
निषेधाज्ञापछि घर फर्कन बसपार्कमा यात्रुको भीड
काठमाडौँ, १४ वैशाख (रासस) ।गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य...