न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

चट्याङ प¥यो, एक जनाको मृत्यु
इनरुवा, १८ वैशाख(रासस) ।सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिनुभयो ।
घाँस काटिरहेको अवस्थामा बँदेलको आक्रमण, ढकालको मृत्यु
चितवन, १८ वैशाख (रासस) । जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।
औपचारिक कार्यक्रम नराखि मजदूर आन्दोलनको सम्झना गरि मई दिवस मनाइदै
काठमाडौँ, १८ वैशाख (रासस) । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ...
उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ गीत सार्वजनिक
पोखरा, १८ वैशाख । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ युट्युवमार्फत् सार्वजनिक भएको छ । केही फरक प्रस्तुती र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वतीको भनाइ छ । यो गीत श्रोताले रुचाएमा छिट्टै समयसापेक्ष गीत लिएर आउने बताउनुभयो । उहाँ पोखरामा नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । त्यस्तै अर्का गायक उज्ज्वल भने...
जटिल बन्दै कोरोना,देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी फैलदै
काठमाडौँ, १७ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज जारी गर्नुभएको ‘सर्वसाधारणमा अपिल’ मा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको हुँदा स्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउन...
२१ करोड लगानी भएको पूल दुई पटक किन भत्कियो ?, छानविन गर्न माग
दमौली, १७ वैशाख (रासस)तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति तनहुँ र चितवनको संयुक्त पहलमा बसेको बैठकले पुल भत्किएको घटनाको छानबिनका लागि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले भत्किएको पुलको भग्नावशेष आगामी जेठ १५ गतेभन्दा...
झा दम्पतीलाई बेपत्ता पारी हत्याको आरोपमा सात जना कारागार चलान
जलेश्वर, १७ वैशाख (रासस) । एक दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई...
सभापति देउवाले पत्रकार सम्मेलन गर्नुहुँदै
काठमाडौँ, १७ वैशाख (रासस) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ । आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ः०० बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले राससलाई जानकारी दिनुभयो । सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा...
प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा
कर्णाली, १७ वैशाख (रासस) ।दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण,...
भूकम्पपीडित अझै चर्केको घरमा
— लक्ष्मी गारु भादगाउँ, १७ वैशाख (रासस) ः गोरखा भूकम्पले भक्तपुरको टौमढीस्थित भैरवनाथको मन्दिर र ङातापोलमा मात्र होइन दरवारपरिसरका धेरै सम्पदा र नगरमा मात्र ६ हजार बढी घरमा नोक्सान पु¥यायो । त्यसबेला क्षती पुगेको भैरवनाथ र ङातापोल मन्दिर पुनःनिर्माण भइसकेको छ । अन्य धेरै सम्पदाहरुको पुनःनिर्माण सकिएको छ भने केहीको धमाधम भइरहेको छ । भैरव...
निषेधाज्ञामा थप कडाइ
काठमाडौँ, १७ वैशाख (रासस)। निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि...