न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कोरियामा एक नेपालीले भेटेको रु १३ लाख प्रहरीलाई बुझाए
सउल, २० वैशाख (रासस) । दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त...
बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी
तनहुँ, २० वैशाख (रासस) । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने...
अक्सिजन उत्पादन शुरु
काठमाडौँ, २० वैशाख (रासस) । काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये...
खडेरीका कारण खेतीबाली सुके, पानी माग्दै पूजा
पोखरा, २० वैशाखः लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार समूहिक पूजा गरिएको छ । स्थानीय सिलिङ्गे चेतना महिला समूहको प्रमुख सङ्कल्पमा यहाँका साविक भरतपोखरी गा.वि.स.का वडा नं ५ र ६ मा पर्ने चण्डी देउराली, कोटभैरव, नाउरुङ, व्यार्थोक र मैदानमा छुट्टाछुट्टै पूजा गरी पानी मागिएको समूहकी...
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं
पोखरा, १९ वैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले भर्खरै वैशाख २१ देखि लागू हुने गरी कडा निषेधाज्ञा जारी गरेको छ । कास्की जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण नियन्त्रणका लागि भन्दै कडा निषेधाज्ञा जारी गरेको हो । यो निषेधाज्ञा २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म लागू हुनेछ ।
यस्तो हुँदैछ लुम्बिनी प्रदेशमा
बुटवल, १९ वैशाख (रासस) । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आज प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र...
कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्टयाउन सुझाव
काठमाडौँ, १९ वैशाख (रासस) । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले संविधानको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउन सरकारसँग आग्रह गरेको छ । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, साथै उच्च शिक्षालाई सहज, गुणस्तरीय...
चट्याङबाट एकको मृत्यु, दुई जनाको उपचार हुँदै
मकवानपुर, १९ वैशाख (रासस)।  मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आज चट्याङ लागेर गम्भीर घाइते भएका विराट वाइबाको मृत्यु भएको छ । घाइते मकवानपुरगढी–२ बस्ने २६ वर्षीय बिराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका...
कोरोनाबाट पोखरामा पाँच जनाको मृत्यु
पोखरा, १९ वैशाख । पछिल्लो पटक कोरोना संक्रमणबाट पोखरामा पाँच जनाको मृत्यु भएको छ । पोखरा–१६ का ७७ वर्षीय पुरुष, ७३ वर्षीया महिला, पोखरा–२६ की ५८ वर्षीया महिला, पोखरा–१० की महिला र पोखरा–१९ का ५४ वर्षीय पुरुषको कोरोनका कारण मृत्यु भएको हो । स्वास्थ्य निर्देशलनाय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले केही बेर अघि...
वन्यजन्तु आक्रमणबाट छ जनाको मृत्यु, २३ जना घाइते
चितवन, १९ चैत (रासस) ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । तीमध्ये गैँडाबाट १०,...
वैशाखमै पहिराको वितण्डा
ओखलढुङ्गा, १९ वैशाख (रासस) । ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ । सामान्यतया असार÷साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो । शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार सिल्खुबेँसीका...
अभावका बेला खेरा गएको छ धवलागिरि अस्पतालको अक्सिजन
गलकोट, १९ वैशाख (रासस) । कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ । धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको...