न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेलम्बोको स्वास्थ्य सामाग्री सहयोग अभियान जारी
पोखरा, २२ वैशाख । नेलम्बो नेपालले स्वास्थ्य सामाग्री सहयोग अभियानलाई जारी राखेको छ । पहिलो चरणको कोरोना संक्रमणदेखि नै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको नेलम्बोले यतिबेला पनि सहयोग अभियान जारी राखेको हो । स्थानीय तह, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, संचार क्षेत्र, सुरक्षा निकायलगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिनुभयो । ‘संकटका...
सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह
काठमाडौँ, २३ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो । सङ्क्रमणको दोस्रो...
कोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष सञ्चालन
काठमाडौँ, २३ वैशाख (रासस) । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ । अस्पताल तयारीका सम्बन्धमा जानकारी...
यार्सागुम्बा सङ्कलन गर्न गएका रावलको लेक लागेर मृत्यु
जाजरकोट, २३ वैशाख (रासस)।  यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई...
उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
काठमाडौँ, २३ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र...
नगरप्रहरी र स्थानीयवासीबीच झडप, पाँच घाइते
लहान, २२ बैशाख (रासस) । लहान नगरपालिका–५ स्थित खुट्टी खोला किनारमा अतिक्रमण गरी बनाईएको घर टहरा हटाउने क्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् । नगरप्रहरी र स्थानीयवासीबीच आज झडप भएको हो । झडपमा परी नगरप्रहरी मनोज यादव, रामदयाल महतो, रामभरोसी यादव, सरसफाईकर्मी बब्लु मेहतर र अनिता मेहतर घाईते भएको नगरपालिकाले जनाएको छ ।...
गोरुको टाउँकोसहित दुई पक्राउ
पोखरा, २२ वैशाख । पोखरामा बुधबार गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं.१८ लामागाँउ बस्ने वर्ष ८४ का विर बहादुर तामाङ र धारापानी बस्ने वर्ष ५० का गंगा बहादुर गुरुङलाई पक्राउ गरेको हो । गोेरु काटेको भन्ने सूचनामा आधारमा पुगेको प्रहरीले टोलीले गोरुको टाउँको, मासु र मासु...
निषेधाज्ञा ५२ जिल्लामा
काठमाडौँ, २२ वैशाख (रासस) । मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ...
आठ हजार ६५९ सङ्क्रमित थपिए
काठमाडौँ, २२ वैशाख (रासस) । पछिल्लो २४ घन्टामा नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा पिसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट...
प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण
पोखरा,२२ वैशाख । गण्डकी प्रदेशमा नव नियुक्त प्रदेश प्रमुख सीता कुमारी पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र प्रदेश कार्यालयका कर्मचारीको उपस्थितिमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई नेपाली सेनाले सलामी दिएर स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै प्रदेश...
बेनी–जोमसोम सडक कालोपत्र शुरु
गलेश्वर, २२ वैशाख (रासस) । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालोपत्रको काम शुरु भएको छ । मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडकखण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर...