न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

डिभी लोटरीको नतिजा सार्वजनिक
पोखरा, २६ वैशाख । अमेरिकी डिभी लोटरी २०२२ को नतिजा शनिबार राति ९ः४५ बजे सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयले वार्षिकरुपमा संचालन गर्ने यो कार्यक्रमका लागि यो वर्ष गत अक्टोबर ७ देखि नोभेम्बर १० सम्म आवेदन खुलाइएको थियो । आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा अमेरिकाले उपलब्ध गराएको छ । नतिजा ...
हेलिकोप्टरमा चितवन लगिदै कोरोना सङ्क्रमित
चितवन, २६ वैशाख (रासस) । राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ । यहाँकै...
कोरोना नियन्त्रण र विरामीलाई सहयोग गर्न अघि सर्दै बागमारा युवा संगम समूह
पोखरा, २६ वैशाख । युवा सशक्तिकरणका साथै सामाजिक सेवाका क्षेत्रमा कृयाशिल बागमारा युवा संगम समूहले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ । बागमारा युवा संगम समूहको सामाजिक दूरी सहित आज सम्पन्न बैठकमा महामारी शहर बजारहुँदै गाउँवस्तीसम्म पनि पसेको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य सचेतनासँगै...
भीमेश्वरको शिलामा आयो पसिना, ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना
दीपशंकर चौलागाईँ दोलखा, २५ वैशाख (रासस) । प्रसिद्ध भीमेश्वर मन्दिरका शिलामा एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा पसिना आएको स्थानीय समाजसेवी भरत प्रधानले राससलाई जानकारी दिनुभयो । यस पटक शिलाको बायाँ र बीच दुवै भागमा पसिना आएको उहाँले बताउनुभयो । बायाँ...
पोखराको आकाशमा इन्द्रेणी
पोखराको आकाशमा शनिवार साँझ देखिएको इन्द्रेणी ।
हेलो डाक्टर कार्यक्रम हुँदै, कोरानो संक्रमितलाई सिधै डाक्टरसँग भेट गराइने
काठमाडौँ, २५ वैशाख (रासस) । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा...
राप्ती खोलामा प्रहरीको शव फेला
वाग्मती, २५ वैशाख (रासस) । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा आज एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो । गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको...
पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग
पोखरा, २५ वैशाख (रासस) । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन्...
गैँडा तस्करीमा संलग्न २४ पक्राउ
चितवन, २५ वैशाख (रासस) ।  चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका...
अधिकारीको धम्पुस गाउँ सालैजो गीत बजारमा
पोखरा, २५ वैशाख । लोक गायक श्याम अधिकारीले पर्यटकीय गाउँ धम्पुसको विषयसँग सम्वन्धित धम्पुस गाउँ सालैजो गीत बजारमा ल्याउनुभएको छ । गीतमा वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरुङले स्वरमा साथ दिनुभएको छ । अधिकारीले यस अघि पनि थुप्रै लोकदोहारी गित ल्याइसक्नु भएको छ । उहाँले यस अघि मेरै धम्पुस गाउँ गीत ल्याउनुभएको थियो । अहिले ल्याएको...
पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै, आवश्यक परे स्याङ्जा तयार
पर्वत, २५ वैशाख (रासस) ।  नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय...