न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखरा–४ मा कोभिड सहयोग उपसमिति
पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं ४ मा कोभिड १९ सहयोग उपसमिति गठन गरिएको छ । वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैंठकले समाजसेवी राजेन्द्रनिधि कोइरालाको अध्यक्षतामा ११ सदस्यीय उपसमिति गठन गरेको हो। कोभिड रोकथाम तथा प्रभावितलाई सहयोग र आवश्यक समन्वय गर्ने उद्देश्यले उपसमिति गठन गरिएको हो । उपसमितिको उपाध्यक्ष गेहेन्द्र्रश्वर कोइराला,...
भोलि सार्वजनिक विदा
पोखरा, ३० वैशाख । गण्डकी प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना अनुसार, मुस्लिमहरुको पर्व इदको अवसरमा गण्डकी प्रदेश भर सार्वजनिक विदा दिइएको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ साल चैत १७ को बैंठकले प्रदेशमा लागू हुने सार्वजनिक विदाका बारेमा निर्णय गरेको थियो । सोही निर्णयको...
युवा व्यवसायी गुरुङद्वारा कोरोना संक्रमितको शव व्यवस्थापनमा सहयोग
पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं १३ निवासी युवा व्यवसायी सुजन गुरुङले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि सहयोग गरेका छन् । संक्रमणबाट दिनहुँ मृत्यु हुँदा शव व्यवस्थापनमा सवारी साधनको समस्या भएपछि उनले आफ्नो टिप्पर सहयोग गरेका हुन् । शव व्यवस्थापनका लागि ग.१.ख ६८६९ नम्बरको ट्रिपर पोखरा महानगरपालिकालाई सुम्पेका छन् । ट्रिपर...
यस कारण भइरहेको छ हावाहुरी र चट्याङसहितको वर्षा
काठमाडौँ, ३० वैशाख (रासस) : यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले...
एउटै बस्तीमा ४० सङ्क्रमित
महोत्तरी, ३० वैशाख (रासस) । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र...
गण्डकीमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक – चार दल
गण्डकी, ३० वैशाख (रासस) । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् । संसदीय दलका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका पियारी थापा र जनता समाजवादीका धनमाया लामाले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा...
मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमण, एकको मृत्यु
सुरुङ्गा (झापा), ३० वैशाख (रासस) । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो । उहाँलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जङ्गली हात्तीको...
मुख्यमन्त्रीमा गुरुङ पुनःनियुक्त
गण्डकी, २९ वैशाख(रासस)।  गण्डकी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनःनियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो । यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामापछि प्रदेश प्रमुख पौडेलले तीन...
कोरोनाको हटस्पट बिहे भोज चलाउने दुई दुलहा पक्राउ, सहभागी भागाभाग
पर्वत, २९ वैशाख (रासस) । जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४...
आइशोलेशन वार्डका लागि कास्की काँग्रेसले पोखरा महानगरपालिकालाई कार्यालय दियो
पोखरा, २९ वैशाख । नेपाली काँग्रेस कास्कीले आफ्नो पार्टी कार्यालय पोखरा महानगरपालिकालाई आइशोलेशन वार्ड बनाउन सुम्पेको छ । कास्की काँग्रेसले सरकारलाई आवश्यक परेमा पोखरा महानगरपालिकाले पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन सक्ने भन्दै पार्टीको निर्णय बुझाएको छ । नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र...
कोरोना संक्रमित बोक्न हेलिकप्टर
पोखरा,२९ वैशाख । कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउँन यतिबेला हवाइ उडान(हेलिकप्टर) को बढी प्रयोग भएको छ । हेलिकप्टरको सेवा महंगो भएपनि यतिवेला संक्रमितको ओसारपसारमा हेलिकप्टर सजिलो माध्यम बनेको छ । विशेष गरी काठमाण्डौ, पोखरा र चितवनमा हेलिकप्टरमार्फत कोरोना संक्रमित लाने लैजाने काम भइरहेको छ । कोरोना संक्रमितलाई उपचारका लागि लैजान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवतरण गरिएको...