न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

‘मानवीय सेवा हुनु त यस्तो पो’
काठमाडौँ, ३१ वैशाख (रासस) । विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रागिरि नगरपालिका– १२ का छ युवाले नगरपालिकासँगको समन्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन् । उहाँहरुले अहिले आफूसँग रहेका सवारी साधनमध्ये पाँचवटा कार तथा एक मोटरसाइकल गर्भवती, सुत्केरी,दीर्धरोगी तथा डायलोसिस लगयत अन्य...
समस्यामा परेकाका लागि पार्टी कार्यालयमा आइसोलेसन कक्ष
अमरगढी, ३१ वैशाख (रासस) । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उहाँले बताउनुभयो । आइसोलेसन निर्माणपश्चात उक्त स्थानमा...
सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट
काठमाडौँ, ३१ वैशाख (रासस)।  सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १७ लाख ३३ हजार ९४९ जनाले आवेदन दिएका थिए ।...
कोरोना परीक्षण गाउँमै
वालिङ, ३१ वैशाख (रासस) । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नगरपालिकाभित्र द्रूत गतिमा...
प्रधानमन्त्रीको शपथ आज, मन्त्रिपरिषद् विस्तार हुने
काठमाडौँ, ३१ वैशाख (रासस)  ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको...
विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु
बलेवा, ३१ वैशाख (रासस) । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका...
 शिकारी र प्रहरीबिच गोली हानाहान
सर्लाही, ३१ वैशाख (रासस) । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढङ्ुगानाले जानकारी दिनुभयो । चार÷पाँच...
इद मनाइँदै
विराटनगर, ३१ वैशाख (रासस) । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना...
घर बाहिर ननिस्कन आदेश
सुरुङ्गा (झापा) ३१ वैशाख (रासस) । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो । पहिलो...
पत्रकार पौडेलको निधनमा नेपाल प्रेस युनियन कास्की मर्माहत
पोखरा, ३० वैशाख । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रवन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ कोे असामयिक निधनले नेपाल प्रेस युनियन कास्की मर्माहत भएको छ । कोरोना भाइरस  (कोभिड—१९) संक्रमण भइ विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा आज ४१ वर्षको उमेरमा भएको असामयिक निधनले युनियन स्तब्ध भएको हो । नेपाल...
टेलिकमको लकडाउन अफर
काठमाडौँ, ३० वैशाख (रासस) । यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसगैँ नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले...