न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

संक्रमण बढेपछि एक साताका लागि सबै सेवा बन्द
सिमकोट, ३ जेठ (रासस) ।कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिनुभयो । आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयानुसार आइतबारदेखि नै लागू...
दक्षिण कोरियामा रहेका कस्केली अक्सिजन प्लान्टका लागि सहयोग जुटाउँदै
पोखरा, ३ जेठ । कास्की परिवार, दक्षिण कोरिया कास्कीका सरकारी अस्पताललाई पाँच वटासम्म अक्सिजन कन्टेनन्टर (अक्सिजन प्लाट) निर्माणका लागि सहयोग गर्न जुटेको छ । संस्थाको आकस्मिक बैंठकले विपत्को समयमा कोरियामा रहेका कस्केलीहरुले आफ्नो मातृभूमिलाई सहयोग गर्नु कर्तव्य सम्झेर सहयोग संकलन अभियान शुरु गर्ने निर्णय गरेको छ । संस्थाको सहयोगले अक्सिजनको अभाव न्यूनिकरणमा योगदान पुग्ने अपेक्षा...
दुग्ध पदार्थको खपत कम हुँदा दैनिक १० करोड बढीको नोक्सान
काठमाडौँ, २ जेठ (रासस) । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् । नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक रु दश करोड बराबरको नोक्सानी...
विवाह, भोज–भतेरको जमघटले सङ्क्रमण फैलियो , एउटै वडामा ७० सङ्क्रमित
–कुमार नेगी टिस्टुङ, २ जेठ (रासस)। मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती...
‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’
—गोपालप्रसाद बराल महोत्तरी, २ जेठ (रासस)।महोत्तरीको बर्दिबासमा नागरिकस्तरमा गठित कोभिड–१९ व्यवस्थापन समितिले भोकालाई खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याएका छन् । अहोरात्र सुरक्षामा खटिने सुरक्षाकर्मी, पैदलयात्री र महाव्याधीले रोजगारी गुमाएर भोकभोकै बस्नपर्ने अवस्थाका गरीबलाई खाजा, खाना खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिबास हेल्प...
अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ ः सभापति देउवा
काठमाडौँ, २ जेठ (रासस) ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गर्नुभएको छ । उहाँले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने...
महासंघ प्रदेश समिति अध्यक्ष शर्मालाई पितृशोक
पोखरा, २ जेठ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ । शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती ९ मा निधन भएको हो । स्वर्गीय शर्मा लामो समय देखि दमको रोगी थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र चार छोरी छन्...
कास्की काँग्रेसले कोरोना संक्रमितका लागि एम्बुलेन्स सञ्चालन ग¥यो
पोखरा, १ जेठ । नेपाली काँग्रेस कास्कीले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीका सबै इकाइलाई समस्यामा परेकाहरुलाई अस्पतालसम्म ल्याउनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ...
विदेशी पर्यटक अलपत्र
 नवीन लामिछाने मनाङ, १ जेठ (रासस) ।नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ । स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न...
अब पोखराको फिष्टेल ऐकेडेमीमा अन्तर्राष्ट्रिय शिक्षा
पोखरा, १ जेठ । मनै लोभ्याउने दृश्यका कारण पोखराले देशी, विदेशी पर्यटकको मन तानेको छ । त्यसैले त विश्वकै पर्यटकीय गन्तव्य सावित भएको छ । साहसिक पर्यटनमा पनि उत्तिकै अब्बल छ पोखरा । स्वास्थ्य शिक्षामा पनि उसैगरी नाम कमाएको छ । मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा विदेशबाट समेत चिकित्सा विज्ञान अध्ययन गर्न आउँछन्...
किसान भन्छन्–‘रोग र भोकले मरिने भो’
गलेश्वर, १ जेठ (रासस) । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् । जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय...
मनाइयो अक्षय तृतीया
काठमाडौँ, ३१ वैशाख (रासस) । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइएको छ । यस दिन गरेको स्नान, दान, ध्यान, जप, होमलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने...