न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, ७ जेठ (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्दैछ । बैठकमा राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि बिहीबार प्रकाशित विज्ञप्ति...
पोखरा महानगर र बेलायतको बार्नेट बरो नगरबीच भगिनी सम्वन्ध
पोखरा, ६ जेठ । पोखरा महानगरपालिका र बेलायतको बार्नेट बरो नगरबीच भगिनी सम्वन्ध गाँसिएको छ । भगिनी सम्वन्धमा बार्नेटकी मेयर डा. क्यारोलिन स्टक र बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा लन्डन बरो अफ बार्नेटकी मेयर डा. क्यारोलिन स्टकले बेलायत र नेपालबीच ऐतिहासिक सम्वन्ध रहेको बताउँदै दुई नगरबीच भगिनी सम्वन्ध...
कास्की काँग्रेसको सक्रियता, विपत्मा जनताको साथ रहने प्रतिवद्वता
पोखरा, ६ वैशाख । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले छलफल शुरु गरेको छ । कास्कीका ६ वटै प्रदेश सभाका नेता तथा कार्यकर्तासँगै छलफल गरी विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा निर्णय गरिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।...
कोभिड विरामीका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा उत्पादन हुने
काठमाडौँ, ६ जेठ (रासस) । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिनुभयो । औषधि उत्पादन...
तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु
फुङ्लिङ, ६ जेठ (रासस)। तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु...
सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै
काठमाडौँ, ६ जेठ (रासस) । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको...
लमजुङमा पटकपटक भूकम्पको धक्का, घरभित्र बस्न समस्या
लमजुङ, ६ जेठ (रासस) ।गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको...
कास्कीका दुई गाउँपालिकामा नेलम्बोको सहयोग
पोखरा, ६ जेठ। पोखरास्थित नेलम्बो नेपालले रुपा गाउँपालिका र माछापुच्छे« गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरेको छ । संस्थाका अध्यक्ष एकदेव देवकोटाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र माछापुच्छे«–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रदान गरिएका सामाग्रीको विवरण नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रस्तुत गर्नुभएको थियो। रुपा...
उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा आजै आउने
काठमाडौँ, ६ जेठ (रासस)। वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका...