न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

तनहुँको कोभिड सङ्कट व्यवस्थापन कोषमा नौ लाख
तनहुँ, ८ जेठ (रासस) । तनहुँ उद्योग वाणिज्य सङ्घको सक्रियतामा स्थापना गरिएको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ सङ्कलन भएको छ । कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि सङ्घले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो । यसअघि रु.आठ लाख ४२ हजार ७३७ सङ्कलन भएकोमा...
दुईको मृत्यु
राजविराज, ८ जेठ (रासस)। सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् ।...
वालिङमा बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा
वालिङ, ८ जेठ (रासस) । यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक गाउँगाउँमा जाने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा कोरोनाको सङ्क्रमण दर उच्च रहेको र गाउँगाउँका नागरिकमा अझ बढी समस्या देखिएको नगरप्रमुख...
महाकाली नदीबाट १० मजदुरको उद्धार
महेन्द्रनगर, ७ जेठ (रासस) ।कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापूमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए । यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापूमा बसेका तिनीहरूको सकुशल...
क्षत्री समाजद्वारा आपतकालीन कोभिड रोग राहत कोष स्थापना
पोखरा, ७ जेठ । कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्ने गरी पोखरामा आपतकालीन कोभिड रोग राहत कोष स्थापना गरिएको छ । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको बैंठकले कोरोना संक्रमणका कारण समस्यामा परेकाहरुका लागि खर्च गर्ने गरी कोष स्थापना गर्ने निर्णय गरेको हो । सो कोषमा सहयोग गर्न समितिको नाममा गरिमा विकास बैंकको खाता...
कास्की काँग्रेसको छलफल क्षेत्र नं १ (ख) मा
पोखरा, ७ जेठ । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले छलफल जारी राखेको छ । कास्कीका ६ वटै प्रदेश सभाका नेता तथा कार्यकर्तासँगै छलफल गरी विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा निर्णय गरिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले बताउनुभयो । बिहीबार...
एउटै बस्तीमा १३ को मृत्यु
महोत्तरी, ७ जेठ (रासस)। महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये...
खाना पकाउने ग्यास चुहिँदा आगलागी
पाँचथर, ७ जेठ (रासस) । कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो । खाना पकाउने...
स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु
बनियानी, ७ जेठ (रासस) ।झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र...
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा काम रोकियो
पर्वत, ७ जेठ (रासस) । कोभिड–१९ को प्रकोपका कारण निषेधाज्ञा भए पनि निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माणकार्य रोकिएको छ । तनहुँबाट कास्की हुँदै निर्माण सामग्री आपूर्तिमा प्रहरीले अवरोध गरेपछि सडक कालोपत्र गर्ने काम प्रभावित भएको हो । कालोपत्रका लागि डिबिएसडी गिट्टी ढुवानी गर्न नसक्दा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ...
सङ्क्रमित भेट्न जनप्रतिनिधि घरघरमा
तनहुँ ७ जेठ रासस। जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो । घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...