न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

मुस्ताङका युवाद्वारा स्वास्थ्य सामाग्री सहयोग
पोखरा, १० जेठ । मुस्ताङ जिल्लाका स्वदेश तथा विदेश रहेका युवाहरूले कोरोना संक्रमित बिरामीको लागि आवश्यक विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । युवाहरुले थासाङ गाउँपालिकासँगको समन्वयमा सहयोग गरेको गाउँ कार्यपालिका सदस्य नरेन्द्र शेरचन र नवीन शेरचनले जानकारी दिनुभयो । संक्रमितको उपचारलाई सहज र प्रभावकारी बनाउन सहयोग गरिएको संयोजक अवीनास गौचनले जानकारी दिनुभयो । थासाङ...
मृत्यु भएको दुई वर्षपछि शव फेला
सोलुखुम्बु, १० जेठ (रासस) । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहँुदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर...
मोटरसाईकल बिजुलीको पोलमा ठोक्कियो, वि.कको मृत्यु
पोखरा, १० जेठ । कास्कीमा सोमबार भएको मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कास्कीको माछापुछ्रे गाँउपालिका–८ ठाँटी स्थित रिभानबाट लुम्लेतर्फ जादै गरेको ग.१४.प ९७५५ नं. को मोटरसाईकल दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा माछापुछ्रे गाँउपालिका–८ लुम्ले बस्ने १८ वर्षीय लक्की वि.कको मृत्यु भएको प्रहरीले जनाएको छ । वि.कले चलाएको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको...
सतर्क रहनुहोस्,नेपालमा चक्रवातको असर देखिदै
काठमाडौँ, १० जेठ (रासस) । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ । सो...
प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मार्ने २४ पक्राउ
चितवन, १० जेठ (रासस) । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट...
सीमा नाकामा भिडन्त
जलेश्वर, १० जेठ (रासस) । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी...
जेठ १२ गते चन्द्रग्रहण, नेपालबाट नदेखिने
काठमाडौँ, १० जेठ (रासस) । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी...
रानीखर्कमा भारी हिमपात र वर्षा, कठ्याङ्ग्रिएर ५० वटा भेडाबाख्रा मरे
सिमकोट, १० जेठ (रासस) । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् ।...
कोरोना संक्रमण तीन प्रदेशमा घट्दै,चार प्रदेशमा बढ्दै
काठमाडौँ, ९ जेठ (रासस) । नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गर्नुभयो । पछिल्लो...
राष्ट्रपति र प्रधानमन्त्री पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त – कास्की काँग्रेस
पोखरा, ९ जेठ । नेपाली काँग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, आलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्र भैरहेको भन्दै आपत्ति जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त भएको उल्लेख छ ।...
निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रम
काठमाडौँ, ९ जेठ (रासस)।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको...