न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सर्वोच्च अदालतद्वारा ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा बदर
सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय बदर गरेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिने मन्त्रिपरिषद्को निर्णय बदर गरेको हो । “हाल शान्ति प्रक्रिया तथा सङ्क्रमणकालिन न्यायसम्बन्धी विषय टुङ्गो लागिनसकेको, सो...
अर्थतन्त्र सुधार्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन । मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यान आकर्षण गराउँदै नेता कोइरालाले अर्थतन्त्रलाई सुधार गरेर देशलाई सही दिशा दिन कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गर्न नहुने बताए । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन...
पोखरामा यती एयरलाइन्सको विमान मानवीय त्रुटिले दुर्घटना भएको निष्कर्ष
गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो । “जहाज अवतरणको क्रममा ककपिटमा...
छत्तीस घण्टापछि शिशुको सकुशल उद्धार
दुई वर्ष पाँच महिनाकी शिशु आशिका सुनुवार अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन् । नेपाल प्रहरीको एक टोलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलबार चिया खान आएका व्यक्तिले लगेको भन्दै प्रहरीमा...
मेहेनत गरे गाउँमै सुन फल्छ
छ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिएका छन । गाउँपालिका भित्र...
राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ
उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेको ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश समय त्यहीँ...
घुम्दै, घुमाउँदै……
रामबहादुर थापा/रासस मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुगेका थिए । पदयात्रामा उनि एक्लै भने थिएनन् । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे...
विचार
सरकारको एक वर्ष ऊर्जा क्षेत्रमा जागेको आशा
गणेश कार्की विद्युत् ऐन २०४९ आएपछि निजी क्षेत्रलाई ऊर्जामा लगानीका लागि बाटो खुलेको हो । ऊर्जाका आयोजनाको अनुमतिपत्र लिएर निर्माण सुरु गरेको साढे दुई दशक बितेको छ । यसबीच साढे दुई दशकको अवधिमा नेपालको निजी क्षेत्रले दुई हजार एक सय ७५ मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको छ । निजी क्षेत्रले यति छोटो समयमा यति...
राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बाग्लुङ पुगेका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरेका हुन । मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गरेका थिए । सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार...
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन । नेकपा माओवादी केन्द्र विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताएका हुन । “जनतालाई निराश हुनबाट तपाई हामी सबैले...
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा
जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक...
अध्यक्ष चन्द्र ढकाल गृहजिल्लामा सम्मानित
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका क्रममा बाग्लुङ आईपुगेका राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका हुन । बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो । आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले व्यावसायीक क्षेत्रमा...