न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेपालमा कोरोना भाइरसविरुद्वको खोप ल्याइदै
पोखरा, १७ जेठ । नेपालमा कोरोना भाइरसविरुद्वको आठ लाख मात्रा खोप ल्याइने भएको छ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराउन लागेको खोप मङ्गलबार बिहान नेपाल आइपुग्ने छ । खोप लिनका लागि नेपाल बायु सेवा निगमको विमान सोमबार राति बेइजिङ् प्रस्थान गर्ने बताइएको छ ।
एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
पाँचथर, १७ जेठ (रासस) ।  पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी...
हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान
जाजरकोट, १७ जेठ (रासस) ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार जडान गरिएको हो ।...
कास्कीमा कोभिड १९ विरुद्व भेरोसिल खोप लगाइने
पोखरा, १६ जेठ । कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप लगाउने कार्यक्रम जारी रहेको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले आइतबार सूचना प्रकाशित गरी जेठ १८ र १९ गते दोस्रो मात्राको खोप लगाउने कार्यक्रम तय गरिएको जनाउनु भएको छ । कोभिड १९ विरुद्व भेरोसिल पहिलो मात्रा लगाएकालाई मात्र दोस्रो मात्राको खोप लगाइने...
राष्ट्रपति विरुद्ध अमर्यादित टिप्पणी गर्नेलाई कार्वाहीको माग
पोखरा, १६ जेठ । अखिल नेपाल महिला संघ कास्कीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अमर्यादित टिकाटिप्पणीप्रति असन्तुष्टि जनाउदै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढकाललाई अनेमसंघ कास्की इन्चार्ज मञ्जुदेवी गुरुङ, अनेम संघ कास्कीका संयोजक शुशीला पराजुली, अने संघ सदस्यद्धय राधिका शाही योगी र सन्तु सुवेदी सहितको टोलीले ज्ञापनपत्र...
पूर्व राष्ट्रिय खेलाडी तामाङको श्रद्धाञ्जली सभा
पोखरा १६, जेठ । नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्य तिथिमा हङकङमा श्रद्धाञ्जली सभा गरिएको छ । सहारा क्लव हङकङ, तामाङ घेदुङ हङकङ, एल.जी.संगम परिवार हङकङ र नादा समाज हङकङले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्व. तामाङले आफ्नो जीवनकालमा खेलकुद र सामाजिक क्षेत्रमा...
पहिरो खसेपछि २० घर उच्च जोखिममा
बाजुरा, १६ जेठ (रासस) । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव...
युवती विगत १० दिनदेखि गोठमा बन्धक
सर्लाही, १६ जेठ (रासस) । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको...
आगामी आवका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत
काठमाडौँ, १५ जेठ (रासस)। सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब...
सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’
फुङ्लिङ, १५ जेठ (रासस) । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ मा नामकरण गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका स्मृतिमा विमानस्थलको नामकरण गरी थप विकसित गरिने उल्लेख छ । यसका लागि आवश्यक रकमसमेत विनियोजित...
सकियो कास्की काँग्रेसको छलफल, सय बढीले लिए एम्बुलेन्स सेवा
पोखरा, १५ जेठ । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले शुरु गरेको छलफल शनिवार सकिएको छ । कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो । पार्टी सभापति कृष्ण केसीको पहलमा शुरु...