न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

चितवनका वि.क पोखराको हर्पन खोलामा मृत भेटिए
पोखरा, १७ जेठ । पोखराको बाम्दी हर्पन खोलामा एक युवक मृत अवस्थामा भेटिएका छन् । चितवन घर भई हाल पोखरा महानगरपालिका–२३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४÷३५ वर्षीय श्री वि.क खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोमबार बिहान अन्दाजी १०ः१६ मा उनको शव भेटिएको हो । घटनाका बारेमा अनुसन्धान शुरु गरिएको...
गण्डकीमा पाँच लाख ११ हजार बढीको स्वास्थ्य बीमा
पोखरा, १७ जेठ । नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमसँग गण्डकी प्रदेश एक लाख ७५ हजार पाँच सय ८१ परिवार जोडिएका छन् । त्यति संख्यामा परिवार सहभागी हुँदा यस प्रदेशमा पाँच लाख ११ हजार चार सय ३२ जना नागरिक बीमा कार्यक्रमसँग जोडिएका छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भर्खरै मात्र...
तीन प्रहरी निलम्बित
लहान, १७ जेठ (रासस) प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि...
नेपालमा कोरोना भाइरसविरुद्वको खोप ल्याइदै
पोखरा, १७ जेठ । नेपालमा कोरोना भाइरसविरुद्वको आठ लाख मात्रा खोप ल्याइने भएको छ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराउन लागेको खोप मङ्गलबार बिहान नेपाल आइपुग्ने छ । खोप लिनका लागि नेपाल बायु सेवा निगमको विमान सोमबार राति बेइजिङ् प्रस्थान गर्ने बताइएको छ ।
एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
पाँचथर, १७ जेठ (रासस) ।  पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी...
हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान
जाजरकोट, १७ जेठ (रासस) ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार जडान गरिएको हो ।...
कास्कीमा कोभिड १९ विरुद्व भेरोसिल खोप लगाइने
पोखरा, १६ जेठ । कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप लगाउने कार्यक्रम जारी रहेको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले आइतबार सूचना प्रकाशित गरी जेठ १८ र १९ गते दोस्रो मात्राको खोप लगाउने कार्यक्रम तय गरिएको जनाउनु भएको छ । कोभिड १९ विरुद्व भेरोसिल पहिलो मात्रा लगाएकालाई मात्र दोस्रो मात्राको खोप लगाइने...
राष्ट्रपति विरुद्ध अमर्यादित टिप्पणी गर्नेलाई कार्वाहीको माग
पोखरा, १६ जेठ । अखिल नेपाल महिला संघ कास्कीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अमर्यादित टिकाटिप्पणीप्रति असन्तुष्टि जनाउदै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढकाललाई अनेमसंघ कास्की इन्चार्ज मञ्जुदेवी गुरुङ, अनेम संघ कास्कीका संयोजक शुशीला पराजुली, अने संघ सदस्यद्धय राधिका शाही योगी र सन्तु सुवेदी सहितको टोलीले ज्ञापनपत्र...
पूर्व राष्ट्रिय खेलाडी तामाङको श्रद्धाञ्जली सभा
पोखरा १६, जेठ । नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्य तिथिमा हङकङमा श्रद्धाञ्जली सभा गरिएको छ । सहारा क्लव हङकङ, तामाङ घेदुङ हङकङ, एल.जी.संगम परिवार हङकङ र नादा समाज हङकङले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्व. तामाङले आफ्नो जीवनकालमा खेलकुद र सामाजिक क्षेत्रमा...
पहिरो खसेपछि २० घर उच्च जोखिममा
बाजुरा, १६ जेठ (रासस) । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव...