न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
काठमाडौँ, १९ जेठ (रासस) । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार...
म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला
तनहुँ, १९ जेठ (रासस) ।म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी...
डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव
दमौली, १९ जेठ (रासस) । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् । नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको...
‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’
पोखरा, १९ जेठ । लायन्स क्लव अफ पोखरा अभियानले पोखरामा खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिनादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि प्रशासनले लगाएको निषेधाज्ञाका कारण समस्यामा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगानाले जानकारी दिनुभयो । पोखराको चिप्लेढुङ्गाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसँग...
कोरोना सङ्क्रमित हुने भन्दा परास्त गर्ने धेरै
काठमाडौँ, १८ जेठ (रासस) । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआर मार्फत ५ हजार २८५...
विवेकशील साझा पार्टीका नेता थापाको निधन
काठमाडौँ, १८ जेठ (रासस) । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४.२५ मा निधन भएको हो । उहाँको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका...
अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी
काठमाडौँ, १८ जेठ (रासस) । पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको...
विपत्मा जनतासँग जोडिन कास्की काँग्रेसले ‘वीपी विपत् कोष’ निर्माण गर्ने
पोखरा, १८ जेठ । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कास्की काँग्रेसले वीपी विपत् कोष निर्माण गर्ने भएको छ । विभिन्न आठ चरणमा गरिएको छलफलपछि प्राप्त सुझावका आधारमा कोष निर्माण गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले कोष निर्माण गर्ने निर्णय गरेको...
एसइई परीक्षा नहुने
भक्तपुर, १८ जेठ (रासस) ।दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ । कोरोना महामारीका कारण...
आज कास्कीमा कोभिड विरुद्व भेरोसिल खोप लगाइने
पोखरा, १८ जेठ । कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप लगाउने कार्यक्रम जारी रहेको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले आइतबार सूचना प्रकाशित गरी जेठ १८ र १९ गते दोस्रो मात्राको खोप लगाउने कार्यक्रम तय गरिएको जनाउनु भएको छ । कोभिड १९ विरुद्व भेरोसिल पहिलो मात्रा लगाएकालाई मात्र दोस्रो मात्राको खोप लगाइने...
पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि जिपीका चार कर्मचारी निलम्बित
– कृष्ण न्यौपाने दमौली, १८ जेठ (रासस) :पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ । सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भनी निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई उपचार केन्द्रले निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा सुधन...
संक्रमण घट्यो, मृत्युदर घटेन
काठमाडौँ, १७ जेठ (रासस) । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ । पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका...