न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञाः के गर्न पाइने, के नपाइने ?
काठमाडौँ, २१ जेठ (रासस) । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । जेठ ३१ गते राति १२...
खाद्य बस्तु र ग्यासमा छुट
काठमाडौँ, २० जेठ (रासस) । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट...
कोरोनाबाट दुई छोरा र आमाको मृत्यु
उदयपुर, २० जेठ (रासस) । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।...
नेपालमा १० जनामा कालो ढुसीको संक्रमण ,धनगढीमा एकको मृत्यु
काठमाडौँ, २० जेठ (रासस) । नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताउनुभयो । उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज...
लिचीको दाना अड्किएर छ महिने बालकको मृत्यु
महेन्द्रनगर, २० जेठ (रासस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी दिनुभयो । “खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै...
भगवद् गिता प्रतियोगिता
पोखरा, २० जेठ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपाल पोखरा शाखाले भगवद् गिता प्रतियोगिता आयोजना गरेको छ । आधुनिक युगमा भगवद् गिताको महत्व बुझाउने उद्देश्यले प्रतियोगिता गरिएको इस्कोन पोखराका अध्यक्ष सुवास भण्डारीले जानकारी दिनुभयो । सबै उमेर समूहले सहभागिता जनाउन सक्ने प्रतियोगिता विगत दुई हप्तादेखि संचालन भैरहेको छ । प्रतियोगिताको समापन जेठ ३० गते गरिने...
जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित
नवलपुर, २० जेठ (रासस) । चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार...
कास्की काँग्रेसको ‘वीपी विपत् कोष’ व्यवस्थापनका लागि समिति
पोखरा, १९ जेठ । कास्की काँग्रेसले संचालन गर्ने ‘वीपी विपत् कोष’ को व्यवस्थापन तथा संचालनका लागि जिल्ला सभापति कृष्ण केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । बुधबारको बैंठकको निर्णय अनुसार, समितिको सदस्यमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदीप मोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल रहनु भएको...
पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते
काठमाडौँ, १९ जेठ (रासस) । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका...
निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही
चितवन, १९ जेठ (रासस) । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । उहाँका अनुसार उनीहरुलाई रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको...