न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

के होला शैक्षिकसत्र ?
–प्रकाश सिलवाल काठमाडौँ, २३ जेठ (रासस) ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम...
आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई काँग्रेसको पहलमा सहयोग
पोखरा, २३ जेठ । आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई नेपाली काँग्रेसको पहलमा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना संक्रमित शिशुका परिवारलाई काँग्रेसको पहलमा सहयोग गरिएको हो । २१ दिने शिशुसहित बाबुआमा पनि संक्रमित हुनुहुन्छ । उहाँ तीन जनाको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भैरहेको...
एक महिनामा अक्सिजन उत्पादन शुरु हुन्छ – बतास
पोखरा, २३ जेठ । पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टको काम तीव्र गतिमा अघि बढेको छ । अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्द बतासका अनुसार, अक्सिजन प्लान्टका लागि फ्रान्सको नोभा एयर कम्पनीसँग मेशिन खरिद प्रक्रिया अघि बढिसकेको छ । अब करीब चार हप्तामा मेशिन पोखरा आइपुग्ने र त्यसको २ दिनपछि नै...
वडा अध्यक्ष बास्तोलाद्वारा तलब, भत्ताको रकम अक्सिजन प्लान्टलाई
पोखरा, २३ जेठ । पोखरामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि नागरिकस्तरबाट सहयोग जुट्ने क्रम जारी छ । पोखराका लागि निकै महत्वपूर्ण मानिएको अक्सिजन प्लान्टका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । बतास फाउन्डेसनको अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि पछिल्लो समय पोखरा महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष शंकर...
गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या
डोटी, २२ जेठ (रासस) । जिल्लाकोे आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ ।...
विद्युत् सर्ट भएर आगलागी
इनरुवा, २२ जेठ (रासस)  ।सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीयवासी, प्रहरी र...
लक्षण विनाका सङ्क्रमित
सिमकोट, २२ जेठ (रासस) । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक...
१३ लाखसहित १५ जुवाडे पक्राउ
काठमाडौँ, २१ जेठ (रासस)। काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद, कौडा र ताससमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल...
‘कोरोनाभ्याक’ खोपले पायो अनुमति, १० लाख डोज ल्याइने
–अशोक घिमिरे काठमाडौँ, २१ जेठ (रासस) । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो । विभागीय निर्णयअनुसार सिनोभ्याकको खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको...
अनियन्त्रित भई ट्याक्टर पल्टदा एकको मृत्यु, एक घाइते
पोखरा, २१ जेठ । अनियन्त्रित भई ट्याक्टर पल्टदा शुक्रबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार लमजुङ राईनास नगरपालिका–४ सातबिसेका अन्दाजी ६० वर्षीय राम बहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार कुमाललाई ट्याक्टरले च्याप्दा घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक एक बहादुर कुमाल घाइते हुनुभएको छ ।...