न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कांग्रेस पदाधिकारी बैठक बस्दै, वैद्यलाई आत्मालोचना गर्न निर्देशन
काठमाडौँ, २९ जेठ (रासस) । नेपाली कांग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ः०० बजे बस्ने बैठकमा पार्टीको १४आँैँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही...
गण्डकीमा सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश (हस्ताक्षरसहित)
गण्डकी, २८ जेठ (रासस) । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गर्नुभएको थियो । प्रदेश सदस्य कृष्णचन्द्र...
ने.वि संघको चासो चुरेतर्फ
पोखरा, २८ जेठ । ढुङ्गा, गिट्टी र बालुवाको निकासीसँगै चुरे संरक्षणमा पर्ने प्रभावका बारेमा नेपाल विद्यार्थी संघले चासो देखाएको छ । सोही विषयलाई लिएर नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस इकाइ समितिले भर्चुअल माध्यम मार्फत् चुरेका कुरा विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ । पछिल्लो समय चुरोका सम्वन्धमा उठेका विषयमा सम्वन्धित क्षेत्रका विज्ञहरुसँग...
कालोपत्रे गरेको महिना दिन नपुग्दै उप्किएपछि विरोध
प्रकाश मिश्र धनगढी, २८ जेठ (रासस) ।कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन् । सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । गाउँपालिकाको २ हजार ७ सय ४० मिटर सडक...
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
धनुषा, २८ जेठ (रासस) । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया...
महामारीमा देश र जनताको साथमा केसी ग्रुप
पोखरा, २८ जेठ । केसी ग्रुपले कोरोना महामारीका बेला देश र जनताको साथमा रहेर सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिवद्वता व्यक्त गरेको छ । समाजप्रतिको उत्तरदायित्व बहन गर्दै विभिन्न सहयोगका माध्यमबाट केसी ग्रुपले आफ्नो उपस्थिति जनाइरहेको छ । पछिल्लो पटक केसी ग्रुपले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टका लागि २५ लाख रुपैयाँ सहयोग...
जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते
डोटी, २८ जेठ (रासस)  ।डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४.४५ बजे दुर्घटना भएको हो...
पोउवा संघद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
पोखरा, २८ जेठ । पोखरा उद्योग वाणिज्य संघले संक्रामक तथा सरुवा रोग अस्पताल तथा मातृशिशु अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउने अभियानमा लागेका अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन करीब २ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष नारायण कोइरालाले बताउनुभयो । बिहीबार मातृशिशु अस्पताललाई पीपीई, मास्क,पञ्जा,...
मुख्यमन्त्री गुरुङलाई प्राप्त भएन विश्वासको मत
गण्डकी,२७ जेठ(रासस)। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ हुनुभएको छ । प्रदेशसभामा आज उहाँले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको र सभामा निर्णायार्थ पेश गर्दा पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो । गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको...
कस्केलीका लागि तत्काल खोप व्यवस्था गर्न कास्कीका पाँच दलको माग
पोखरा, २७ जेठ । कास्कीका क्रियाशील पाँच राजनीतिक दलले तत्काल कस्केली जनताका लागि आवश्यक खोप व्यवस्था गर्न माग गरेका छन् । कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा कस्केली जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने गरी खोपको व्यवस्था गर्न माग गरिएको हो । नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह...