न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

उद्योगमा विष्फोट, एक मजदूरको मृत्यु
राँझा, ३० जेठ (रासस)। बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय...
कास्की काँग्रेसले मुख्यमन्त्री भेटेर भन्यो– ‘खोपलाई पहिलो प्राथमिकता दिनुहोस्’
पोखरा, ३० जेठ । नेपाली काँग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेटघाट गरेका छन् । कास्की काँग्रेसका सभापति कृष्ण केसी नेतृत्वको गएको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझाव समेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका सभापति केसीले कोरोना महामारीका कारण जनता समस्यामा रहेकाले जनताका...
गण्डकी सरकार प्रवक्तामा मन्त्री खड्का
पोखरा, ३० जेठ । गण्डकी प्रदेश सरकारले मन्त्री कुमार खड्कालाई सरकारको प्रवक्ता तोकेको छ । शनिवार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन भएपछि आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खड्कालाई प्रवक्ता तोकेको हो । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रहनु भएका प्रवक्ता खड्का पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुनुहुन्छ । उहाँ स्पष्ट वक्ता,...
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
वालिङ, ३० जेठ (रासस) हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड...
कास्की काँग्रेसद्वारा गण्डकीका मुख्यमन्त्री र मन्त्रीलाई बधाई
पोखरा, ३० जेठ । नेपाली काँग्रेस कास्कीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का सहित गठबन्धनबाट मन्त्री बन्नु भएका सबैलाई बधाई ज्ञापन गर्नुभएको छ ।...
काँग्रेसका निष्ठावान र त्यागी नेता मुख्यमन्त्री नेपालीको यात्रा ः कारागार, अध्ययनशीलता र निरन्तरता
टेकराज पोखरेल नवलपुर, २९ जेठ (रासस) ।  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली राजनीतिमा अत्यन्तै क्रियाशील हुनुहुन्छ । सङ्घीयता आएपछि मुलुकमा पहिलो पटक सम्पन्न प्रदेशसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ (क)बाट नेपाली विजयी भएर गण्डकी प्रदेशसभा सदस्य हुनुभयो । उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गर्दै प्रदेशसभामा...
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
गण्डकी, २९ जेठ(रासस)ः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शुक्रबार प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो । कृष्णचन्द्र...
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ, २९ जेठ (रासस) । शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा प्रवेश गरेको मनसुन आजदेखि गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अबको एक दुई दिनमा मनसून पश्चिम नेपालसम्म नै प्रवेश गर्ने जनाएको छ । आगामी...
रगत अभाव हुन नदिन रक्तदान, एक सय आठ जनाले गरे रक्तदान
पोखरा, २९ जेठ । कोरोना महामारीका बेला संस्कृत युवा मञ्च नेपालले पोखरामा शनिवार आकस्मिक रक्तदान कार्यक्रम गरेको छ । ‘घरआँगनबाटै रक्तदान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित रक्तदानमा एक सय आठ जनाले रक्तदान गरेको संस्थापक अध्यक्ष रामप्रसाद सिग्देलले जानकारी दिनुभयो । मञ्चका सदस्य प्रविनचन्द्र बरालका अनुसार, पोखराको काँहुखोला, फुलबारी, सिमलचौर गरी तीन स्थानमा रक्तदान...