न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

गण्डकीमा ३० अर्व तीन करोड ९४ लाखको बजेट
गण्डकी, १ असार(रासस) । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्व तीन करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले १३ अर्व ६ करोड ४७ लाख चालूतर्फ र १६ अर्व ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तीय...
५१ कम्पनीको शेयर जोखिममा
काठमाडौँ, १ असार (रासस) । मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो आग्रहसँगै गलत मनसाय राखेर कारोवार भइरहेका केही कम्पनीको बारेमा अध्ययन पनि भइरहेको जनाएको थियो । बोर्डको सोही अध्ययन अनुसार कूल ५१ कम्पनीको धितोपत्र कारोवारमा...
कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा
पर्वत, १ असार (रासस) । लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय...
विद्यार्थी भर्ना अभियान शुरु
रमेश गिरी भक्तपुर, १ असार (रासस) । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गर्नुभएको छ...
पाँच घर विस्थापित, सडक अवरुद्ध
बलेवा, १ असार (रासस) । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका...
एकल महिलालाई कांग्रेसले बनाइदियो घर
झापा, १ असार (रासस)। सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली कांगेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको छ । एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । घर निर्माणमा रु १४ लाख खर्च भएको छ । नेपाली कांग्रेस...
पहिरोका कारण मध्यपहाडी लोकमार्ग र बेनी मालढुङ्गा सडक अवरुद्ध
पर्वत, १ असार (रासस) । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उहाँले बताउनुभयो ।...
स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट ल्याउन काँग्रेसका जिल्ला सभापतिहरुको माग
पोखरा, ३१ जेठ । गण्डकी प्रदेश अन्तर्गत रहेका नेपाली काँग्रेसका आठ जिल्लाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् । गण्डकी प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरुले सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिक रुपमा भेटेर त्यस्तो माग गरेका कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताउनुभयो । ‘अहिलेको मुख्य...
पूर्व मुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न– प्रदेश सरकार
गण्डकी, ३१ जेठ (रासस) । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीको सुविधा थप गरेको थियो । सुविधा थपेर आर्थिक भार बढाउन खोजिएको...
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै
तनहुँ ३१ जेठ (रासस) । प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो । विसं २०३५ मा ट्र्याक खोलिएको...