न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

मुस्लिम संघ कास्कीद्वारा मुख्यमन्त्रीलाई बधाई
पोखरा, ६ असार । नेपाल मुस्लिम संघ कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संस्थाका अध्यक्ष हारुन खान पैठानको नेतृत्वमा पुगेका पदाधिकारी एवं सदस्यहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । बधाई ज्ञापनपछि संघले मुस्लिम समुदायले पाँच सय वर्ष अघिदेखि उपयोग गर्दै आएको...
खोलाले बगाएर थापाको मृत्यु
पोखरा, ५ असार । आधिखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मन बहादुर थापाको मृत्यु भएको हो । आधिखोला तर्ने क्रममा अचानक खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेलम्बोमा जब कालो बादल मडारिन्छ …
 शरद् शर्मा हेलम्बु, ५ असार (रासस) । हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प¥यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ््न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के...
अझै केही दिन भारी वर्षा
काठमाडौँ, ५ असार (रासस) । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । “यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद्...
पहिराले डोजर पुरिँदा दुई बेपत्ता
धादिङ, ५ असार (रासस) । जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिराले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् । धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी...
विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह
काठमाडौँ, ५ असार (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल...
स्कटल्याण्डका नेपालीद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर
पोखरा, ५ असार । कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघ मार्फत् खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो । जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीलाई हस्तान्तरण...
गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत
पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनु भएको छ । शुक्रबार प्रदेश सभामा भएको मतविभाजनमा पोखरेलका पक्षमा ३१ मत पर्दा विपक्षमा २७ मत प¥यो । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेलले प्रस्तावको पक्षमा ३१ मत परेको र उक्त संख्या हाल प्रदेश सभामा कायम रहेका सदस्य संख्याको बहुमत रहेको घोषणा गर्नुभयो...
बाघको आक्रमणमा दुई घाइते, स्थानीयको प्रतिकारमा बाघको मृत्यु
पोखरा, ४ असार । कास्कीको रुपापाउँपालिका वडा नं ७ धारापानीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । स्थानीय ३४ वर्षीय तुल बहादुर गुरुङ आफ्नै बारीमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो । बाघ देखेर भाग्ने क्रममा पछ्याउँदै उनलाई आक्रमण गरेको बताइएको छ । बाघको प्रतिकार गर्ने क्रममा स्थानीय ३२ वर्षीय मिलन गुरुङ...
विषादीयुक्त आँप बिक्री
उदयपुर, ४ असार (रासस) । जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका छन् । बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको...