न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
चितवन, १८ असार (रासस) ।  नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि...
बढी भाडा लिने चालक पक्राउ
काठमाडौँ, १७ असार (रासस) । ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरु रहेका छन् । निषेधाज्ञा खुकुलो भएपछि शुरु भएको अनुगमनका क्रममा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरीको सम्बन्धित...
कोरोना निको हुने दर ९३ प्रतिशत
काठमाडौँ, १७ असार (रासस) । पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो । सोही अबधिमा देशभर...
पहिराले पुरिएका हजुरआमा र नातिको जीवितै उद्धार
दमौली, १७ असार (रासस) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ । चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया...
पृथ्वी राजमार्गमा ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
तनहुँ, १७ असार (रासस) ।मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ...
मुख्यमन्त्री र प्रेस युनियन कास्कीको भेटघाट
पोखरा, १६ असार । नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेसँग भेटघाट गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीसँग भेट गरी उहाँ र प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमार खड्कालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । त्यसक्रममा पत्रकारिताका समस्या र पत्रकारिता क्षेत्रका लागि...
जिप दुर्घटनामा दुईको मृत्यु
म्याग्दी, १७ असार (रासस) । जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ प्ूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी...
नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, १७ असार (रासस) । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे...
ने.का क्षेत्र नं २ कास्की सभापति बास्तोलालाई पितृशोक
पोखरा, १६ असार । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ लाई पितृशोक परेको छ । उहाँका बुबा चन्द्रकान्त बास्तोलाको ९५ वर्षको उमेरमा बुधबार निधन भएको हो । बास्तोलाले आर्वाको रतन पाण्डे मावि, छोरेपाटन माविमा रहेर लामो समय शिक्षण सेवामा योगदान पु¥याउनु भएको थियो । पोखरा १२ फूलबारीस्थित शिवशक्ति माविमा दुई पटकसम्म...
ठगी धन्दा बढेकाले आफ्नो गोप्य विवरण कसैलाई नदिन अनुरोध
काठमाडौँ, १६ असार (रासस) । विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरु पनि उत्तिकै छन् । पछिल्ला दिनमा त्यही सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेकन प्रकारका ठगी धन्दासमेत भइरहेको छ । विशेषगरी सामाजिक तथा आर्थिक अपराध समेत मौलाएको अवस्था छ...
बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने
काठमाडौँ, १६ असार (रासस) । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो । समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर...