न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

मुख्यमन्त्री कार्यालय पुगेका शिक्षक पक्राउ
पोखरा, १ साउन । कास्कीमा आन्दोलनरत शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । माग बारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गर्न मुख्यमन्त्री कार्यालयमा पुग्नु भएका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शिक्षकहरु विहान १० देखि १ बजेसम्म मुख्यमन्त्री कार्यालय अघि धर्ना दिन पुग्नुभएको थियो । धर्ना शुरु गरेको ५० मिनेट पछि प्रहरीले पक्राउ गरेको शिक्षक कृष्ण तिमिल्सिनाले...
प्रजातन्त्र सेनानी स्व.नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषबाट दिप्तीलाई आर्थिक सहयोग
पोखरा, १ साउन । प्रजातन्त्र सेनानी स्व. नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषले क्यान्सर पीडित दिप्ती सापकोटालाई आर्थिक सहयोग गरेको छ । पोखरा–३१ मोहरियामा स्मृति कोषले एक कार्यक्रम गरि दिप्तीको बुवा देव बहादुर सापकोटालाई २५ हजार ५ सय ५५ रुपैयाँको चेक स्मृति कोषका अध्यक्ष देवेन्द्र रानाभाटले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष रानाभाटले रक्त क्यान्सर पीडित दिप्ती...
एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का
पर्वत, १ साउन (रासस) ।पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित...
आज सार्वजनिक बिदा
कर्णाली, १ साउन (रासस) ।  प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय...
शेयरमा कसले कमाए, कसले गुमाए ?
काठमाडौँ, ३१ असार (रासस) । शेयर कारोवारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ । विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अङ्कले वृद्धि भई दुई हजार ८८३.२८ मा पुगेको हो ।...
महाकाली नदीमा डुबेर बालिकाको मृत्यु
कञ्चनपुर, ३१ असार (रासस) । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र...
खोप केन्द्रमा जे देखियो
पोखरा, ३१ असार । पोखरा महानगरपालिकामा कोभिड विरुद्धको खोप अभियान बुधबार सुरु भएको छ । खोप कार्यक्रमलाई पारदर्शी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीका पदम श्रेष्ठ अनुगमनमा सहभागी हुनुहुन्थ्यो । पोखरा...
८५ घर भत्किए
म्याग्दी, ३१ असार (रासस) । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ...
अवरोध र बहिष्कारका बीच बजेट पारित
गण्डकी, ३० असार (रासस) । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ । एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो । बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच...
गण्डकी प्रदेशका उत्कृष्ट कृषक र उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पुरस्कृत
पोखरा, ३० असार । पशुपंन्छि तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले प्रदेशका उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । निर्देशनालयले बुधबार विभिन्न १० क्षेत्रका १० कृषकलाई पुरस्कृत गरेको हो । उनीहरुलाई जनही २० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा गाई÷भंैसीपालनतर्फ बाग्लुङका कृष्ण प्रसाद पौडेल, याक÷चौरीपालनतर्फ मनाङका सुरेश थकाली, बाख्रापालनतर्फ कास्कीका दुर्गादत्त पौडेल, भेडा÷च्याङ्ग्रापालनतर्फ...
सार्वजनिक सवारी साधनमा भाडा बढ्यो
काठमाडौँ, ३० असार (रासस) ।  यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक...
सेनाका सिपाहीले बाँया कन्चटमा गोली हानी आत्महत्या
जलेश्वर, ३० असार (रासस) । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर...