न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

‘ प्रशस्तै सुन्तला फल्न थालेपछि विदेश जानै परेन’
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले पछिल्लो दश वर्षयता सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन। “चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर विसं २०५९ मा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको...
विचार 
मधेस आन्दोलन र सङ्घीयता
डा. विजयप्रसाद मिश्र मधेसमा मधेसीहरुका लागि मधेसी मूलका मानिसहरुले गरेको आन्दोलन मधेस आन्दोलन हो । अपवादका रुपमा केही पहाडी मूलका मानिसहरु पनि विभिन्न कारणले मधेस आन्दोलनको पक्षमा देखिएका थिए र छन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा आममधेसीहरुले २०६३ माघमा गरेको आन्दोलनलाई पहिलो मधेस आन्दोलन भनेर चिनिन्छ । २०६३ माघ २ गतेबाट औपचारिक रुपमा...
दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि अनुकरणीय रहेको बताएका हुन । “द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दैगर्दा मलाई के...
‘बाह्र वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन सम्भव छ’
सरकारले अघि सारेको १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् । मुलुकको आवश्यकतालाई ख्याल गर्दै लक्ष्य प्राप्तिका लागि आवश्यक कानुनी, संरचनागत सुधार एवं लगानीको विस्तार गर्नुपर्ने उनीहरूको जोड छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को...
रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताएका छन । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनतालाई दुःख नदिई नेताले गर्न सक्ने कुरालाई प्रथामिकतामा राखेर आफूहरू लागिरहेको बताएका हुन । अहिले रास्वपाले मिसन २०८० अन्तर्गत बन्द भएका आयोजनामा कामका लागि दबाब गर्दै आएको उनको भनाइ थियो ।...
सुन्दर देश चिन्न सकेन सरकार
हराउँदैछन् मनाङका ताल
मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन । पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल सीमित भएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बगेर आइपुग्ने हिमनदीको रङ...
साढे तीन हजार पर्यटकले उपल्लो मुुस्ताङ घुमे
अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यसबाट सरकारलाई २२ करोड ९९ लाख ४४ हजार आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । एक्याप जोमसोम शाखाका प्रमुख प्रमोदराज रेग्मीले सन् २०२३ मा तीन हजार...
मेहेनत गरे देशमै सुन फल्छ
सुन्तला बिक्री गरेर एक बर्षमै चार करोड ६० लाख आम्दानी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँदा दङ्ग छन । अघिल्लो वर्ष प्रतिकेजी २५ का दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ मा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको खड्काले सुनाए । “बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो...
पाथीभरामा एक महिनाको भेटी ३५ लाख
ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिएका छन । उनका अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार भेटी रकम सङ्कलन...
गौशाला–२६ को गोपनियता भङ्ग गरेको आरोपमा एक पक्राउ
गौशाला–२६ को व्यक्तिगत गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले पक्राउ गरेको हो । ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने, “राईलाई सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ...
चितवनमा भेटिए ५३ प्रजातिका चरा
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर गत...
काम्लो बेचेर घर खर्च
पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्यँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन । पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमायाले गर्मी याममा निर्माण गरेको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै छिन । उनले बागलुङको पश्चिम क्षेत्र निसीखोला, तमानखोला हुँदै...