न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

भेटियो ओढारमा २२ नाल भरुवा बन्दुक
गलकोट, ११ साउन (रासस) । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा...
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ
काठमाडौँ, १० साउन (रासस) । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको...
बुढीबजारको दुर्घटनामा एकको मृत्यु,तीन घाइते
पोखरा, १० साउन । पोखरा महानगरपालिका वडा नं २६ बुढीबजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । ग.१.च ९२४५ नम्बरको भेन र ग.२१.प १२५० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक दोलखाको मालि गाउँपालिका घर भई हाल पोखरा–२६ बस्ने २३ वर्षीय विनोद क्षेत्रीको मृत्यु भएको...
राजनीतिलाई समाज सेवा बनाऔं – थापा
पोखरा, १० साउन । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ(नेल्टा) गण्डकीको आयोजना र पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित दुई हप्ते पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम सकिएको छ । तालिममा विभिन्न आठ जिल्लाका १५ जनाको सहभागिता रहेको नेल्टाका महासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभयो । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश कानुन, संचार तथा...
मन्त्री शर्माका दुई निर्णय ः पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज
पोखरा, १० साउन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपÒर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला ,इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहणसँगै उहाँले दुइ वटा महत्वपूर्ण...
कोभिड पीडितका सेवामा जुटेका उदाहरणीय युवा
सुशीला रेग्मी रामपुर (पाल्पा), १० साउन (रासस) । रामपुर अस्पतालको आइसोलेशनका श्ययामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल । उहाँ अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेशनमा राखेर उपचार शुरु गर्न थालेको खबर सुनेपछि त्यहाँको अवस्था बुझ्न अस्पताल...
कांग्रेसको वडा अधिवेशन स्थगित, मिति तोकिएन
काठमाडौँ, ९ साउन (रासस) ।नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यही साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोेजक...
‘बाच्न चाहन्छु मलाई बचाई दिनुहोस्’
पोखरा, ९ साउन । विगत २ वर्ष देखि क्यान्सर पीडित संगीता नेपालीले आर्थिक सहयोगको याचना गर्नुभएको छ । पोखरा– २५ हेमजा निवासी नेपाली पाठेघर क्यान्सरबाट पीडित हुनुहुन्छ । क्यान्सरको लक्षण देखिएपछि वीपी मेमोरियल क्यान्सर हस्पिटल भरतपुरमा सेकाएर उपचार गराउनुभएको नेपालीको अहिले आएर समस्या जटिल बनेको छ । पछि गण्डकी मेडिकल क्लेजमा जाँच गराउँदा पिसाप थैली,...
वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो
काठमाडौँ, ९ साउन (रासस) । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी...
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
सिद्धार्थनगर, ९ साउन (रासस) ः निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उहाँले भन्नुभयो, “हामी...
मन्त्री श्रेष्ठको पहिलो कदम कोभिड र बाढीपहिरो प्रभावित विद्यालय
पोखरा, ९ साउन । गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृटि विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ । कोभिड र बाढीपहिरोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभया े। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रहेकोले शिक्षालाई उदाहरणीय रुपमा अगाडि बढाउँदै जेष्ठ...