न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रेस युनियन कास्कीद्वारा मन्त्रीलाई बधाई
पोखरा, १३ साउन । गण्डकी प्रदेशका मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताउनु भएको छ । उहाँहरुले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन कास्कीले काँग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरुले सो कुरामा जोड दिनु भएको हो । कार्यक्रममा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति...
दुर्घटनामा परी ज्यान गुमाउने तीनै जना गुल्मीका
गुल्मी, १३ साउन (रासस) । गुल्मीमा जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा चन्द्रकोट गाउँपालिका–४ का वर्ष ४३ का तेजबहादुर खत्री, सोही गाउँपालिका–५ का वर्ष ३६ का रेशम कार्की र रेसुङ्गा नगरपालिका–२ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो...
एसइई नतिजा छिट्टै सार्वजनिक
भक्तपुर, १३ साउन (रासस) । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो ।...
वडा सदस्यसहित तीन पक्राउ
खोटाङ, १३ साउन (रासस) । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा वडा...
पोखरा पर्यटन व्यवसायीले मागे पाँच हजार मात्रा खोप
गण्डकी, १३ साउन (रासस) ।पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो । परिषद्का अध्यक्ष भट्टराईले हाल...
मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक कोइरालालाई प्रेस युनियन कास्कीको बधाई
पोखरा, १२ साउन । नेपाल प्रेस युनियन कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाई बधाई तथा शुभकामना दिएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार एक कार्यक्रमका बिच युनियनले बधाई र शुभकामना दिएको हो । युनियनका अध्यक्ष नवीन सिग्देल, केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीकी सभापति बिमला...
श्रमिकको ज्याला बढ्यो, अब कसको ज्याला कति ?
नारायण ढुङ्गाना काठमाडौँ, १२ साउन (रासस) । यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८÷७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो । आव २०७७÷७८ मा श्रमिकले प्रतिदिन रु ७५० ज्याला पाउँदै आएकामा अब भने रु ७९० प्राप्त...
के होला काँग्रेस महाधिवेशन ?
काठमाडौँ, १२ साउन (रासस) । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील...
मन्दिरको सुन चोरी गर्ने र खरिद गर्ने पक्राउ
बैतडी, १२ साउन (रासस) । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३...
फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ
कर्णाली, १२ साउन (रासस)। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस...
भूकम्पको धक्का
बैतडी, ११ साउन (रासस) ।आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको...