न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल
उदयपुर, १७ साउन (रासस) । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल...
पत्रकार अधिकारीलाई धम्की दिइएकोमा प्रेस युनियन कास्कीको आपत्ती
पोखरा, १६ साउन । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार रञ्जन अधिकारीलाई धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा हस्ताक्षर गरी शनिवार प्रकाशित विज्ञप्तिमा गण्डक न्यूजका सम्पादक अधिकारीले लेखेको समाचारको विषयलाई लिएर धम्की दिइनु निन्दनीय र खेदजनक भएको उल्लेख छ । नवलपरासी घर भई...
नक्कली परीक्षार्थी पक्राउ
कर्णाली, १६ साउन (रासस) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय...
मन्त्री थापालाई सम्मान
पोखरा, १६ साउन । गण्डकी प्रदेश सरकार कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालाई शुभ मार्ग टोल विकास संस्थाले बधाई तथा सम्मान गरेको छ । मन्त्री थापालाई संस्थाका अध्यक्ष यामकुमार थापा सम्मानपत्र सहित बधाई ज्ञापन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री थापाले यस टोललाई सुरक्षित बनाउनका लागि सिसी क्यामरा जडान गर्न पहल गर्ने बताउनुभयो...
सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै
जलेश्वर, १६ साउन (रासस) । प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक÷दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन् । केही...
क्षत्री समाजद्वारा मन्त्री खड्का र थापालाई सम्मान
पोखरा, १६ साउन । क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ । समाजले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रीमा कुमार खड्का, कानुन सञ्चार तथा प्रदेशसभा मन्त्रीमा विन्दुकुमार थापालाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै मन्त्री...
अनावश्यक दुःख नदिन र खोप दिन अधिकृत विक्रेता संघको माग
पोखरा, १५ साउन । अधिकृत विक्रेता संघ कास्कीले दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्ने व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनहरुलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । संघले प्रदेशका पूर्वाधार,सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून,संचार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । अध्यक्ष हरिराज पन्तको...
बिहानै सवारी दुर्घटना, एकको मृत्यु, पाँच घाइते
धनुषा, १५ साउन (रासस)। धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा...
बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र
बलेवा, १५ साउन (रासस) । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि रु ६० लाख...
सराङकोटमा एमाले सचिवालय सदस्य खड्काको नेतृत्वमा एक सय २० बढी काँग्रेस प्रवेश
पोखरा, १४ साउन । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक सय २० जना भन्दा बढीेले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्य बहादुर खड्काको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गर्नुभएको हो । नेपाली काँग्रेस कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, उपसभापति आइ...
संक्रमण बढेपछि दश पालिकामा सिलबन्दी
झापा, १४ साउन (रासस) । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख...
पुल भासिँदा यातायात अवरुद्ध
त्रिशूली, १४ साउन (रासस) । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका...