न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

ढुङ्गामा चिप्लेर गुरुङको मृत्यु
पोखरा, २१ साउन । ढुङ्गामा चिप्लेर एक जनाको मृत्यु भएको छ । गोरखा धार्चो गाउँपालिका–२ केरौजाबेसीका २६ वर्षीय विरे गुरुङको मृत्यु भएको हो । गुरुङ बागलुङको निसिखोला गाउँपालिका–७ राजकुट स्थित सेम्कादेखि चोलाङ जोड्ने झोलुङे पुल बनाउने काम गर्दै आउनु भएको थियो । सोही स्थानमा पानीको पाईप जोड्ने क्रममा ढुङ्गामा चिप्लिन गई करीब ४० मिटर तल...
गोङ्गबुको रेष्टुराँबाट पेस्तोलसहित तीन पक्राउ
काठमाडौँ, २१ साउन (रासस) । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो । महानगरीय...
करेन्ट लागेर दाजुभाइको मृत्यु
बैतडी, २१ साउन (रासस) । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु...
घरको तलाबाट खसेर अवस्तीको मृत्यु
पोखरा, २० साउन । घरको तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका – ८ क्वामी बस्ने ४० वर्षीय रामचन्द्र अवस्तीको मृत्यु भएको हो । आज दिउँसो पिसाब फेर्न जाने क्रममा एक तला माथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भई उपचारको लागि चापाकोट अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको...
विद्युत् सर्ट हुँदा घर जलेर लाखौँकोे क्षति
मान्म, २० साउन (रासस) ।कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिनुभयो । “घरमा...
सङ्क्रमितले भरिए अस्पताल
झापा, २० साउन (रासस) । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताउनुभयो । अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ ।...
‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समितिको संयोजकमा बास्तोला
पोखरा, १९ साउन । ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रविन्द्र बास्तोलाको संयोजकत्वमा गठित समितिको सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, कास्की अध्यक्ष बिमला भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी र पुरस्कार संस्थापक परिवारको तर्फबाट माईकल...
मन्त्रिपरिषद्ले ग¥यो यस्तो निर्णय
काठमाडौँ, १९ साउन (रासस) । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित...
सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
शरद शर्मा काठमाडौँ, १९ साउन (रासस) : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन...