न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

अवसर पाएँसम्म युवा तथा खेलकुद मन्त्रालय मात्र रोज्छु – गुरुङ्
पोखरा, २७ साउन । कास्की जिल्ला जिम्न्याष्टिक संघ कास्कीले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङ्गे)को सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष राजु कायस्थ, संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङ लगायतले बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अरु ठूलो मन्त्रालय लिएर पैसा कमाउँन सकिएपनि युवा...
पोखरामा खुल्यो स्कोडाको शोरुम, बहुप्रतिक्षित कुशाकको बुकिङ खुल्ला
पोखरा, २७ साउन । जर्मनी प्रविधिको स्कोडा गाडीको शोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एस.एस.एल.मोटर्स प्रा.लि.स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ । शोरुमको बुधबार एक कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले उद्घाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै पोखरेलले जर्मन प्रविधिको स्कोडा गाडी पोखरा क्षेत्रमा थप लोकप्रिय हुने विश्वास व्यक्त...
चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ
काठमाडौँ, २७ साउन (रासस) ः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती...
मानुषी लघुवित्तको आइपिओ खुला
काठमाडौँ, २७ साउन (रासस) ःमानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार वित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन...
माइकमा करेन्ट प्रवाह भई दुई जनाको मृत्यु
धनुषा, २७ साउन (रासस) । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको...
कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द
सोलुखुम्बु, २७ साउन (रासस) । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ । कार्यालयको...
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
पोखरा, २६ साउन । मादक पदार्थ सेवन गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । कास्कीको माछापुछ्रे गाँउपालिका–२ बाँझाखेतका ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी सिलौटाको लोराले श्रीमतीको टाउँकोमा प्रहार गरेका थिए । प्रहारबाट घाइते श्रीमायाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालममा मृत्यु भएको प्रहरीले...
नेपाल टेलिकमका कर्मचारी आन्दोलित, कार्यालयमा धर्ना
पोखरा, २६ साउन । संयुक्त संघर्ष समितिको अगुवाइमा नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित भएका छन् । ट्रेड युनियन अधिकार रक्षा एवं संस्थागत विकास र सुशाशनका लागि आन्दोलनमा उत्रनु परेको कर्मचारीको भनाइ छ । कर्मचारी विनियमावली कर्मचारी मैत्री बनाउनुपर्ने, कर्मचारीहरुलाई समान र सम्मानजनक सामाजिक सुरक्षा एवं वृत्ति विकासको अवसर सृजना हुने गरी कर्मचारी विनियमावलीमा व्यवस्था गर्नुपर्ने माग...
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड
काठमाडौँ, २६ साउन (रासस) । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै...
राउटे बस्तीमा तीनको मृत्यु
कर्णाली, २६ साउन (रासस) । कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको...
ज्येष्ठ नागरिकलाई घरघरमै खोप
बनेपा, २६ साउन (रासस) । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उहाँहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भन्नुभयो “ आज म खुशी...
दुई पसल जलेर नष्ट
गलेश्वर, २६ साउन (रासस) । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट...