न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

अब टिकट काट्न नयाँ बसपार्क जान नपर्ने
अच्युत रेग्मी काठमाडौँ, ३१ साउन (रासस) : हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर...
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि बारअनुसार सेवा प्रवाह
काभ्रेपलाञ्चोक, ३१ साउन (रासस) । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बारअनुसारको सेवा दिने जनाएका हुन् । प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी...
काँग्रेस १४औं केन्द्रीय महाधिवेशनको नयाँ मिति तय
पोखरा, ३० साउन । नेपाली काँग्रेसको १४औं केन्द्रीय महाधिवेशनको नयाँ मिति तय भएको छ । केही समयदेखिको अन्यौलता अन्त्य गर्दै महाविधेशनको नयाँ कार्यतालिका तय भएको हो । नयाँ तालिका अनुसार महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाण्डौंमा हुने भएको छ। काँग्रेस सभापति शेर बहादुर देउवा निवासमा शनिवार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसँग सम्वन्धी क्रियाशील सदस्यको...
बाढीले बगाएर एकाघरका तीनको मृत्यु
कर्णाली, ३० साउन (रासस) ।अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी...
देशभर निषेधाज्ञामा यसरी हुँदैछ कडाइ
नारायण ढुङ्गाना काठमाडौँ, ३० साउन (रासस) ःकाठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका...
देशका अधिकांश स्थानमा वर्षा हुने
काठमाडौँ, ३० साउन (रासस) ।आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै...
आगो लगाएर श्रीमती हत्या गर्ने युवकलाईआजीवन काराबासको सजाय
लहान, ३० साउन (रासस) ।सिरहाको औरही गाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला गरेको हो । विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो । जिल्ला...
बुवाले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु
रामपुर, ३० साउन (रासस) ।पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एकनाले...
सुजुकी एक्सचेञ्ज मेला
पोखरा, ३० साउन । बतास ब्रदर्स प्रा.लिले नयाँबजार – ९ पोखराले सुजुकी एक्सचेञ्ज मेला गरेको छ । सुजुकीका ग्राहकलाई सुविधा दिने उदेश्यले साउन २७ देखि २९ गतेसम्म एक्सचेञ्ज मेला गरिएको हो । मेलामा १० वटा सुजुकी गाडी खरिद विक्री भएको छ भने १२ वटा गाडी बुकिङ भएका छन् । सेल्स मेनेजर नवराज अधिकारीले सुजुकीप्रति आकर्षण...
कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट
तनहुँ, ३० साउन (रासस) । जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध...
विद्यार्थीलाई खोप माग्दै नेवि संघ
पोखरा, २९ साउन । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले विद्यार्थीलाई कोभिड विरुद्वको खोप उपलब्ध गराउन माग गरेको छ । इकाइ समितिका कार्यवाहक अध्यक्ष सतिश बास्तोला नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई खोप माग गर्दै ज्ञापनपत्र बुझाएको छ । विज्ञप्तिमा खोप नलगाइ विद्यार्थीहरु परीक्षामा सामेल हुनुपर्ने अवस्थाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसप्रति आपत्ती...
हरेक व्यक्ति आत्मनिर्भर बन्न सीप आवश्यक – शर्मा
पोखरा, २९ साउन । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले हरेक व्यक्ति आत्मनिर्भर बन्न सीप आवश्यक पर्ने बताउनु भएको छ । ‘मुलुक समृद्व बनाउन हरेक नागरिकलाई आत्मनिर्भर बनाउनुपर्छ उहाँले भन्नुभयो, त्यसैले हरेक व्यक्तिलाई सीप दिएर दक्ष बनाउनुपर्छ ।’ पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीले पशु सेवा तालिम केन्द्र पोखराको समन्वयमा आयोजना गरेको पशु...