न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

तीन गुणाले बढ्यो सवारी दुर्घटना
बनियानी, १ भदौ (रासस) । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो । झापामा आर्थिक वर्ष २०७६÷७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७÷७८ मा करिब...
वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियारद्वारा छापा
पर्सा, ३२ साउन (रासस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा आज छापा मारेको छ । अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ । अस्पतालद्वारा सञ्चालित फार्मेसीमा रु ७० देखि ८० लाख मूल्य बराबरको म्याद गुज्रिएका विभिन्न औषधि खरिद गरी आर्थिक अनियमिता...
पोउवा संघ सदस्य तिमिल्सिनाको श्रद्धाञ्जली सभा
पोखरा, ३२ साउन । पोखरा उद्योग वाणिज्य संघले कार्यसमितिका सदस्य बलराम तिमिल्सिनाको निधनमा शोक व्यक्त गरेको छ । तिमिल्सिनाको १३ औं दिनको पुण्यतिथिमा सोमबार आयोजित कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वर्गीय बलरामप्रति श्रद्धाञ्जली व्यक्त गरिएको संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिनुभयो । पोखरा–१२, उपकार मार्गमा २०२९ साल साउन १३ गते जन्मनु भएका तिमिल्सिनाको...
सरकारले यसरी गर्नेछ अफगानिस्तानमा रहेका नेपालीको उद्धार
सिबी अधिकारी काठमाडौँ, ३२ साउन (रासस) । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो । बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम...
लायन्स क्लबद्धारा मन्दिर परिषरमा वृक्षारोपण
पोखरा, ३२ साउन । पोखरा महानगरपालिका वडा नंं. २५ बास्तोला कुल मन्दिर परिषरमा सोमबार वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा लालिगुँरास, लायन्स क्लब अफ पोखरा नर्थ र लायन्स क्लब अफ पोखरा सेतोगुँरासको आयोजनामा वृक्षारोपण गरिएको हो । त्यस अवसरमा वेलपत्र, अमला, तेजपत्ता, हर्रो वर्रो, कल्की फूल, कपुर, चाप पैयू, अम्बा, अनारका बिरुवा रोपिएको...
पहिरोले कर्णाली नदी थुनिने खतरा
मार्तडी, ३२ साउन (रासस) ।बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् । गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै...
नेलम्बोको स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित
पोखरा, ३२ साउन । पोखरा–४, गैह्रापाटनस्थित नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–२, सार्दीखोलामा एक हप्ते निःशुल्क मुख तथा दन्त शिविर आइतवार सम्पन्न गरेको छ । समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नेलम्बोले पालिकाका हरेक क्रियाकलापमा साथ दिर्दै आएको बताउनुभयो । वडाध्यक्ष विक्रम गुरुङले आफ्नो वडालाई लक्षित गरी कार्यक्रम राखेकोमा नेलम्बोप्रति आभार प्रकट गर्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता...
मालपोत र नापी कार्यालयका सेवा बन्द, जिल्ला प्रशासनको सेवा आलोपालो
वाग्मती, ३२ साउन (रासस) । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । नागरिकताको प्रतिलिपि र...
पोखराका दुई सामुदायिक वन पुरस्कृत, डिभिजनल वन अधिकृत बराल सम्मानित
पोखरा, ३१ साउन । पोखराका दुई वटा वन सामुदायिक वन उत्कृष्ट भएर पुरस्कृत भएका छन् । वन तथा वातावरण मन्त्रालयले सामुदायिक वन दिवस – २०७८ को अवसरमा कास्कीका दुई वटा वनलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको हो । मन्त्रालयले धनुषाको भाटीघारी सामुदायिक वनलाई प्रथम पुरस्कार प्रदान गरेको छ। पोखरा २५ हेमजास्थित फुर्केटारी...
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरा, ३१ साउन । फेवाताल क्षेत्रमा तराईको माछा फेवातालको माछा भन्दै विक्री गर्नेलाई कारवाही गर्न माग गरिएको छ । हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेड पोखरा १८ खपौदी कास्कीले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएर त्यस्तो माग गरेको हो । ज्ञापनपत्रमा जनकपुरका माछालाई फेवातालको माछा भन्दै  झुक्याएर विक्री गर्ने ६ जनाको नाम...
हेमजाको चौरासी नहर र अन्नपूर्ण नहर मर्मतका लागि मन्त्री आचार्यलाई ध्यानाकर्षण
पोखरा, ३१ साउन । पोखरा महानगरपालिका वडा नं. २५ हेमजाको चौरासी नहर र अन्नपूर्ण नहरको शाखा नहर मर्मतका लागि गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । हेमजाको एक टोली आइतबार मन्त्रालय पुगेर चौरासी नहरको स्तरोन्नति, खानेपानीको पाइप व्यवस्थापन तथा अन्नपूर्ण नहरका शाखा नहरको मर्मत संभार तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशका उर्जा,...