न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

छोरालाई मिर्गौला दान दिने तयारीमा कुमारी
दमौली, ७ भदौ (रासस) । छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन । छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित हुनुहुन्छ । कमजोर आर्थिक अवस्था र...
पोखराबाट सिमरा सिधा उडान सञ्चालन गरिने
काठमाडौँ, ६ भदौ (रासस) । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट...
नाटकीय ढङ्गबाट १० महिने शिशुको अपहरण, रोकाय पक्राउ
कर्णाली, ६ भदौ (रासस) । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको...
मन्त्री शर्मा चिसाखोला वेद विद्याश्रममा
पोखरा, ६ भदौ । उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा पोखराको चिसाखोला वेद विद्याश्रम पुग्नुभएको छ । विद्याश्रमको अवलोकनका लागि पुग्नुभएका मन्त्री शर्मालाई विद्याश्रमका पदाधिकारी एवं सदस्यहरुले स्वागत गर्नुभएको थियो । त्यसक्रममा उहाँले विद्याश्रमको विकासका लागि के गर्न सकिन्छ त्यस बारे अध्ययन गर्ने बताउनुभयो । विद्याश्रमलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने...
जनैपूर्णिमामा मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना
पोखरा, ६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताउनु भएको छ । पवित्र पर्व जनैपूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले धर्म, संस्कृति र परम्पराजस्ता अमूल्य निधिको जगर्ने गर्नु सबैको दायित्व रहेको बताउनु भएको हो । जनै पूर्णिमाका...
मन्त्री थापाद्वारा पारिश्रमिक वापतको रकम सामाजिक सेवामा खर्च
पोखरा,६ भदौ । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गर्नुभएको छ । उहाँले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मन्त्री थापाले खेलकुद सामाग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी...
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
काठमाडौँ, ५ भदौ (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले उहाँलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उहाँको प्रमुख स्वकीय सचिव रहिसक्नुभएको छ । प्रधानमन्त्री देउवा गत असार २९ गते मुलुकको पाँचाँैपटक प्रधानमन्त्री हुनुभएको...
‘काँग्रेस मात्र ठिक रहेछ’ भन्दै पोखरा १९ मा सय बढी युवा काँग्रेस प्रवेश
पोखरा, ५ भदौं । पोखरा महानगरपालिका वडा नं १९ का एक सय बढी युवा नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १९ ले शनिवार आयोजना गरेको कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीको सदस्यता प्रदान गरी नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो । नेपाली काँग्रेस इतिहास बोकेको पार्टी र काँग्रेस मात्रै ठिक भन्दै...
कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा
 शर्मिला पाठक काठमाडौँ, ५ भदौ (रासस) :काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी...
वन विज्ञानमा १० लाख अमेरिकी डलर पुरस्कार रहेको हल्ट प्राइज प्रतियोगिता हुने
पोखरा, ५ भदौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा यस वर्ष पनि क्याम्पस स्तरीय हल्ट प्राइज प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पस डाइरेक्टर उरूषा लम्साल र डिपुटी क्याम्पस डाइरेक्टर संस्कार सुवेदी सहितको आयोजक समिति गठन भएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको छ । गत वर्षको अन क्याम्पस विजयी समूह...
थ्रि एन्जल्स नेपाल आत्मनिर्भर बन्दै ः गौतम
पोखरा, ५ भदौ । थ्रि एन्जल्स नेपालको १४ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । पोखरा १५ नयागाउँस्थित संस्थाको आप्mनै कम्प्लेक्समा सेमि भर्चुअल माध्यमबाट सधारणसभा गरिएको हो । कार्यक्रममा बोल्दै थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी डा.राजेन्द्रकुमार गौतमले संस्थाको दिगोपन र आत्मनिर्भरका लागि गरिएका प्रयासमा सबैको साथ मिलेको बताउनुभयो । संस्थाको सफलताका निमित्त...