न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

एआरभी औंषधी सेवन गरिरहेका एचआईभी संक्रमितलाई खोप
पोखरा, १० भदौ । पोखरामा रहेर एआरभी औंषधी सेवन गरिरहेका एचआईभी संक्रमितले कोभिड विरुद्वको खोप लगाउनु भएको छ । कम्युनिटी सपोर्ट ग्रुपको कार्यालय पोखरामा बिहीबारदेखि एष्ट्राजेनिका खोप लगाउन थालिएको कार्यकारी निर्देशक दिलीप गुरुङले जानकारी दिनुभयो। शुक्रबारसम्म करिब चार सय जनालाई खोप लगाइने उहाँको भनाइ छ । एड्स फेसिलिटेशन ग्रुपको संयोजनमा एनएपि प्लस एन, रिकभरिङ्ग नेपाल,...
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर आवश्यक ः मन्त्री थापा
पोखरा,१० भदौ । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर आवश्यक रहेको बताउनुभएको छ । बिहीबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सबैका लागि सरकारी स्कुल भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो...
उर्जा मन्त्री आचार्य निरीक्षणमा
पोखरा, १० भदौ । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बिहीबार पोखरा १३ र १४ का विभिन्न स्थानको निरीक्षण गरी त्यहाँका समस्या बारे जानकारी लिनुभएको छ । उहाँले पोखरा १३ को काँहुखोला बाढी प्रभावित क्षेत्र र पोखरा १४ चाउथे पुगेर खानेपानी समस्या बारे जानकारी लिनुभएको हो । मन्त्री आचार्यलाई पोखरा १३ का वडा अध्यक्ष...
विकास समितिद्वारा समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन
पोखरा, १० भदौ । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरिएको छलफलपछि समितिका सभापति दीपक कोइरालाले त्यस्तो निर्देशन दिनुभएको हो । समितिले मन्त्रालयलाई रातो किताबमा परेका योजना नकाट्न निर्देशन दिएको छ...
नेपालसहितका नेता निर्वाचन आयोगमा
काठमाडौँ, ९ भदौ (रासस)। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुग्नुभएको हो । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गर्नुभएको थियो । आयोगले आवेदन गरेका सबैलाई सनाखतका...
कास्की काँग्रेस जिल्ला सदस्य पराजुलीलाई मातृ शोक, क्रियाशील सदस्य थापाको निधन
पोखरा, ९ भदौ । नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य उमेशराज पराजुलीलाई मातृ शोक परेको छ । उहाँकी आमा मोहन कुमारी पराजुलीको ८७ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय मृर्गाैला सम्बन्धी समस्याबाट प्रभावित उहाँको काठमाण्डौस्थित ग्राण्डि अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । छोरामध्य उमेश जेठा...
नवजात शिशुको हत्या गर्ने आमा पक्राउ
बैतडी, ९ भदौ (रासस) । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो...
गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री
पोखरा, ९ भदौ । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नुभयो। झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गर्नुभयो । गाउन...
शिक्षा, स्वास्थ्य र दक्ष जनशक्ति उत्पादन विशेष ध्यान दिऔं – श्रेष्ठ
पोखरा, ८ भदौ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शिक्षालाई बेरोजगार उत्पादन गर्ने मेशिन बनाउन नहुने बताउनु भएको छ । उहाँले शिक्षामा आमूल परिवर्तन गरी उत्पादन र प्रविधिसँग जोड्नुपर्ने औल्याउनुभयो । मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य र दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यानदिनुपर्ने उहाँको भनाइ छ । नेपाल पशु स्वास्थ्य सेवा...
पोखरामा छतबाट खसेर थापाको मृत्यु
पोखरा, ८ भदौ । पोखरामा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । पोखरा १६, लामाचौर बस्ने ४० वर्षीय शंकर थापाको मृत्यु भएको हो । गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतमा रहेको टिन मर्मत गर्ने क्रममा उहाँ खस्नु भएको हो । उहाँ स्कुलको मर्मत शाखामा कार्यरत हुनुहुन्थ्यो । घाइते अवस्थामा उपचारार्थ फिष्टेल अस्पताल लगिएकोमा उपचारका...
लायन्स क्लब पोखरा राइजिङको रक्तदान, हेमजाको अभिमूखिकरण
पोखरा, ८ भदौं । लायन्स क्लब अफ पोखरा राइजिङ स्टारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । कार्यक्रममा बोल्दै एसिस्टेन्ट को चिफ एड्भाइजर तथा गण्डकीका रक्तदान प्रमुख महेश पौडेलले क्लबले रक्तदान कार्यक्रम गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । क्लबका अध्यक्ष टंक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा क्लस्टर...
कांग्रेस महाधिवेशनमा अग्रसर, नेता कार्यकर्ता अधिवेशनका लागि जिल्ला र गाउँ जान सुरु
भीष्मराज ओझा काठमाडौँ, ८ भदौ (रासस) । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि...