न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने– कानुनमन्त्री कार्की
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिनुभयो...
रतन पाण्डेमा छात्रबृत्ति वितरण एवम् शिक्षक तथा विद्यार्थी सम्मान
पोखरा, १२ भदौ । पोखरा महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माध्यमिक विद्यालयमा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमकाबीच  सम्मान गरिएको छ । स्व.बोधराज बराल स्मृति जेहेनदार छात्रबृत्ति कोष अन्तर्गत २०७६ सालको एसइईमा प्रथम कुशल अधिकारी, द्वितीय आशिका देवकोटा तथा २०७७ को एसइईमा प्रथम संगीता...
बाढीले बगाउँदा महिलाको मृत्य, बालिका बेपत्ता
ललितपुर, १२ भदौ (रासस) । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४ः३० बजेतिर...
पोखराको नदिपुरबाट जुवा खेल्ने आठ पक्राउ
पोखरा, ११ भदौ । पोखरा ३ नदिपुरबाट जुवा खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एकमाया राना मगरको घरको कोठामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले नगद ५६ हजार एक सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर बस्ने ३७ वर्षीया एकमाया राना...
समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय ः मन्त्री थापा
पोखरा, ११ भदौ । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय रहेको बताउनुभएको छ । बिहीबार “जेसीज सप्ताह—२०२१” को समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाहरु अग्रसर भएर खेलेका भूमिकाहरु सफल रहेको समेत उल्लेख गर्नुभयो । नेतृत्व विकासमा...
पोखराका पर्यटन व्यवसायी कांग्रेसमा प्रवेशः सभापति देउवाद्वारा स्वागत
काठमाडौँ, ११ भदौ (रासस) । पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा गर्नुभएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, इञ्जिनियर विकास भट्टराई, इञ्जिनियर विशेष...
विद्यालय सञ्चालनको तयारी
राजविराज, ११ भदौ (रासस) । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय...
वर्षाले विभिन्न क्षेत्र डुबानमा
रुपन्देही, ११ भदौ (रासस) । लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी...
कुश्माकी एक महिलाको कुवेतमा मृत्यु
पर्वत, ११ भदौ (रासस) । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्तीय...
नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो
चितवन, ११ भदौ (रासस) । बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उहाँले भन्नुभयो,...
सार्वजनिक बिदा
काठमाडौँ, १० भदौ (रासस) । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।