न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बजार अनुगमन ः कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री
पाँचथर, १३ भदौ (रासस) । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्पप्रायः थियो । लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे । बिक्री गर्ने सामग्री सधैँ तराजुमा...
कांग्रेस जिल्ला सभापतिको अनशन तोडियो
काठमाडौँ, १२ भदौ (रासस) । विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ । देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्नेलगायत...
कुखुरा फार्ममा आगलागी
सप्तरी, १२ भदौ (रासस) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६ सय ३० कुखुरा जलेर मरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ कट्टी टोलस्थित सङ्गीता कृषि फार्ममा बिजुलीको तार सर्ट भई सल्किएको आगोले ६ सय ३० कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले...
नियुक्ति नभएको शिक्षकलाई तलब निकासा
फुङ्लिङ, १२ भदौ (रासस) । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो । महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ...
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने– कानुनमन्त्री कार्की
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिनुभयो...
रतन पाण्डेमा छात्रबृत्ति वितरण एवम् शिक्षक तथा विद्यार्थी सम्मान
पोखरा, १२ भदौ । पोखरा महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माध्यमिक विद्यालयमा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमकाबीच  सम्मान गरिएको छ । स्व.बोधराज बराल स्मृति जेहेनदार छात्रबृत्ति कोष अन्तर्गत २०७६ सालको एसइईमा प्रथम कुशल अधिकारी, द्वितीय आशिका देवकोटा तथा २०७७ को एसइईमा प्रथम संगीता...
बाढीले बगाउँदा महिलाको मृत्य, बालिका बेपत्ता
ललितपुर, १२ भदौ (रासस) । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४ः३० बजेतिर...
पोखराको नदिपुरबाट जुवा खेल्ने आठ पक्राउ
पोखरा, ११ भदौ । पोखरा ३ नदिपुरबाट जुवा खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एकमाया राना मगरको घरको कोठामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले नगद ५६ हजार एक सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर बस्ने ३७ वर्षीया एकमाया राना...
समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय ः मन्त्री थापा
पोखरा, ११ भदौ । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय रहेको बताउनुभएको छ । बिहीबार “जेसीज सप्ताह—२०२१” को समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाहरु अग्रसर भएर खेलेका भूमिकाहरु सफल रहेको समेत उल्लेख गर्नुभयो । नेतृत्व विकासमा...
पोखराका पर्यटन व्यवसायी कांग्रेसमा प्रवेशः सभापति देउवाद्वारा स्वागत
काठमाडौँ, ११ भदौ (रासस) । पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा गर्नुभएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, इञ्जिनियर विकास भट्टराई, इञ्जिनियर विशेष...
विद्यालय सञ्चालनको तयारी
राजविराज, ११ भदौ (रासस) । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय...