न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो
कृष्ण दवाडी कास्की, २७ असोज (रासस) ः राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको...
पहिराले अवरुद्ध सडक नखुल्दा समस्या
दमौली, २७ असोज (रासस) । तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ । वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको हो । शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिराले बाटो भत्किएको छ । गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास...
मुगु बस दुर्घटना : २० को मृत्यु भएको प्रारम्भिक विवरण
कर्णाली, २६ असोज (रासस)ः नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस छायाँनाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो एक बजेतिर दुर्घटनामा परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बसमा ३९ यात्रु सवार थिए । प्रदेश प्रहरी प्रमुख डिआईजी गणेशबहादुर...
एन प्याव्सन कास्कीको साधारण सभा
पोखरा, २६ असोज । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले संघीय शिक्षा ऐन बनाउदा बढी चनाखो हुनुपर्ने बताउनुभयो । ‘संघीय शिक्षा ऐनको ड्राफ्टमा निजी विद्यालयलाई पनि सम्वोधन गरेको छ’ उहाँले भन्नुभयो,‘ ड्राफ्ट एउटा हुने आउँदा अर्कै आउने भएकोले ऐन आउदा हामी...
पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै
कास्की, २६ असोज (रासस) । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर पोखरालाई उज्यालो सहरका रुपममा विकास गर्न बत्ती जडान गर्न लागिएको हो । ‘हाइमास्ट लाइट’ले सहरको सौन्दर्य वृद्धि गर्नुका...
बस दुर्घटना
डडेल्धुरा, २६ असोज (रासस) :धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले...
दसैँ पर्व : पुरानो संस्कृति लोप हुँदै
सुशीला रेग्मी रामपुर (पाल्पा), २६ असोज (रासस) : दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसँैको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहँुदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको...
घान्द्रुक जीप दुर्घटना अपडेट : जीप चालकसहित आठको मृत्यु, एकको सकुशल उद्धार
कास्की, २५ असोज (रासस) । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान...
घान्द्रुक जाँदै गरेको जीप दुर्घटना
कास्की, २५ असोज (रासस) । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा चालकसहित १० यात्रु सवार...
पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणप्रति प्रधानमन्त्री खुसी
गण्डकी, २५ असोज (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आँफुलाई खुसी लागेको बताउनुभएको हो । विमानस्थल सञ्चालनमा ल्याउन समस्याका रुपमा रहेको विमानस्थलको दक्षिणतर्फस्थित...
महानगरद्वारा खसी बजार अनुगमन
कास्की, २५ असोज (रासस) । पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र उपभोक्ता चर्को मूल्य तिर्न बाध्य बनेका गुनासासँगै अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार चाउथेस्थित खसी बजारको अनुगमन गरिएको थियो । पोखरा र यस क्षेत्रलाई केन्द्रित गरी सो बजारबाट मुख्य...
जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते
डोटी, २५ असोज (रासस) ।अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का...