न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

उर्लियो महाकाली : तटीय क्षेत्रमा कटान सुरु
महेन्द्रनगर, २ कात्तिक (रासस) । लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताउनुभयो । “निमार्णाधीन चार लेनको पुलसँगै...
नदीले बगाउँदा बेपत्ता
कैलाली, १ कात्तिक (रासस) । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको प्रनाउ...
मलेसियामा एक नेपालीको मृत्यु
बैतडी, १ कात्तिक (रासस) । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर...
बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ
जलेश्वर, १ कात्तिक (रासस) । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर र अनिल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो ।...
वर्षाले पाकेको धान बाली नष्ट
गलेश्वर, १ कात्तिक (रासस) । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो । “धानको बोट ठाडो एउटा पनि...
मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु
जलेश्वर, ३१ असोज (रासस) । देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का पवन साहका छोरा १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भएको थियो । जिल्ला प्रहरी...
विजयादशमीको टीकासँगै मान्यजनकहाँ आशीर्वाद लिन जानेको चहलपहल
काठमाडौँ, २९ असोज (रासस) । बडादसैँको मुख्य दिन आज विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल देखिएको छ । घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र महानवमीमा सुनसान...
पाँचरातेमा जिप दुर्घटना, तीनको मृत्यु
गुल्मी, २९ असोज (रासस) । गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका...
मनकामना केबलकार दुई दिन बन्द
मुग्लिन, २८ असोज (रासस) । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
मिथिलाका शक्ति पीठहरूमा खोँइछ भर्ने तथा प्रसाद चढाउनेको भीड
धनुषा, २७ असोज (रासस)। जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको हो ।...