न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

काग तिहार मनाइदै
काठमाडौँ, १७ कात्तिक (रासस) । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक सुरु भएको छ । कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म...
ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु
जाजरकोट, १७ कात्तिक (रासस)। जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२...
जुवातास खेल्ने र खेलाउने चार पक्राउ
भक्तपुर, १६ कात्तिक (रासस) । मध्यरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अबस्थामा प्रहरीले गएरात उनीहरूलाई पक्राउ गर्नाका साथै रू ६९ हजार ७५० बरामद गरेको हो । पक्राउ पर्नेमा...
जीवनजल अभाव
गलकोट, १६ कात्तिक (रासस) । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गर्नुभयो । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज...
तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा
कञ्चनपुर, १६ कात्तिक (रासस) । चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको...
चालक अनुमतिपत्र कार्ड ल्याइँदै
काठमाडौँ, १५ कात्तिक (रासस)। सरकारले डेढ वर्ष पहिले गरेको ठेक्का सम्झौताअनुसार चालक अनुमतिपत्र छपाइका लागि कार्ड यही कात्तिक महिनाभित्र आउने भएको छ । प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । सरकारले दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’...
मानव बेचबिखनमा सङ्लग्न पक्राउ
काठमाडौँ, १५ कात्तिक (रासस) । नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने रामबहादुर तामाङलाई शनिबार फुटुङबाट पक्राउ गरी आज सार्वजनिक...
कार्यपालिका बैंठकले गरेको निर्णय फेरबदल भएको भन्दै काँग्रेस वडाध्यक्षको आपत्ती
पोखरा, १४ कात्तिक । नेपाली काँग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेकोप्रति आपत्ती जनाउनु भएको छ । वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक(नेपाली काँग्रेस) पोखरा महानगरपालिकाका रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ती जनाउनु भएको हो । विज्ञप्तिमा कार्यपालिकाको ५२ औं बैठकमा आफूहरु उपस्थित भएपनि हस्ताक्षर...
दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सकियो
पोखरा, १४ कात्तिक । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी समापन भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी एक सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक...
कोरोनाले कालीगण्डकीमा ¥याफ्टिङ ठप्प
लक्ष्मीप्रसाद सापकोटा पर्वत, १४ कात्तिक (रासस) :विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पवित्र कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो । योे जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना सङ्क्रमणका कारण विदेशी...
नदीमा डुबेर दुई जनाको मृत्यु
कैलाली, १४ कात्तिक (रासस) । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।...