न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

रु ५० लाख ठगीको आरोपमा भारतीय पक्राउ
काठमाडौँ, २५ कात्तिक (रासस)।  विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग...
तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त
दमौली, २५ कात्तिक (रासस) ।तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमण घट्दै गएपछि जिल्लाका पाँच स्थानीय तह कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोनामुक्त भएका...
भोलिदेखि जनगणनाः सम्पूर्ण तयारी पूरा
काठमाडौँ, २४ कात्तिक (रासस) । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो । जनगणनाको पहिलो चरणमा घर...
चक्कु प्रहारबाट मृत्यु
भजनी, २४ कात्तिक (रासस) । कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । दुई समूहबीच झडप...
मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा
काठमाडौँ, २३ कात्तिक (रासस) । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५...
छठ पर्व ः नदीका किनारमा विशेष साजसज्जा
विराटनगर, २३ कात्तिक (रासस) । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि बजारमा किनमेल गर्नेको भीड लागेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ,...
तिहार पछि बढ्यो सुनको मूल्य
काठमाडौँ, २२ कात्तिक (रासस)। तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु...
भाइटीकाको दक्षिणा अनाथाश्रमलाई
बाजुरा, २२ कात्तिक (रासस) । समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरुका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन् । यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् । भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र...
जुवाखालबाट नगद रु १२ लाख ४३ हजारसहित १५ जना पक्राउ
भक्तपुर, २१ कात्तिक (रासस) । प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी...