न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बैतडीमा जीप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो
बैतडी, ६ मङ्सिर (रासस) । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको...
सर्वोच्च अदालतमा अधिकांश इजलासमा सुनुवाइ
काठमाडौँ, ५ मङ्सिर (रासस) । सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । तीमध्ये १० संयुक्त र एकल इजलासमा पेसी तोकिएको थियो । तीमध्ये नौवटा संयुक्त इजलास र एकल इजलासमा सुनुवाइ भएको छ । न्यायाधीशहरु डा आनन्दमोहन...
नक्कली नोटसहित पाँच पक्राउ
काठमाडौँ, २ मङ्सिर (रासस) । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही...
कास्की काँग्रेसले रोक्यो भड्किलो प्रचार
पोखरा, १ मंसिर । नेपाली काँग्रेस कास्कीले अधिवेशनको बेला हुने भड्किलो प्रचारलाई रोक लगाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले त्यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै अब कुनै पनि उम्मेद्वारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । उम्मेद्वारले आफ्नो परिचयका लागि...
पोखरामाआठ बन्दकर्ता प्रहरी नियन्त्रणमा
कास्की, ३० कात्तिक (रासस) । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला प्रहरी...
काँग्रेस प्रवेशको लहर, पोखरा २४ मा सय बढी प्रवेश
पोखरा, २९ कात्तिक । पोखरा महानगरपालिका वडा नं २४ का एक सय जना बढी नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । काँग्रेस प्रवेश गर्नेहरुमा नवप्रवेशी र विभिन्न राजनैतिक दल परित्याग गर्नेहरु हुनुहुन्छ । काँग्रेसप्रतिको विश्वास र काँग्रेसले मात्रै देशका लागि राम्रो गर्न सक्ने भन्दै प्रवेश गरेको उहाँहरुको भनाइ छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं...
कास्की काँग्रेसको अधिवेशनका लागि मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तोकियो
पोखरा, २९ कात्तिक । नेपाली काँग्रेसको १४ औं महाविधेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि कास्कीमा निर्वाचन अधिकृतका रुपमा खटिनु भएका रामचन्द्र पौडेल(आरसी पौडेल)ले सोमबार कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरुसँग बैठक गरी मतदानस्थल तोकिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका सभापति...
धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा
खोटाङ, २८ कात्तिक (रासस) । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई...
स्व केसीको अर्धकदको शालिक अनावरण
पोखरा, २६ कातिक । माछापुच्छे् बैकं पोखराका संथापक अध्यक्ष स्व. सुर्य बहादुर के.सी को स्मृर्तिमा माछापुच्छे् बैकं पोखरा नयाँबजारको कार्यालय परिषरमा स्व के.सी को अर्धकद शाालिक स्थापना गरिएको छ । शालिकको आज एक समारोह बीच स्व के.सीकी धर्मपत्नी प्रेम कुमारी के.सीले अनावरण गर्नुभयो । काठमांडौका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले शालिक बनाउनु भएको हो ।...
लागुऔषधसहित दुई युवक पक्राउ
लहान, २६ कात्तिक (रासस) ।प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता...