न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

मोटरसाइकल दुर्घटनामा मृत्यु
जलेश्वर, २ पुस (रासस) । महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाएको ना१७प ७०८२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना...
पासोमा परेको चितुवाको उद्धार
पाल्पा, २ पुस (रासस) । तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो । चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद...
शुक्रबारदेखि हिमपातको सम्भावना
काठमाडौँ, १ पुस (रासस) । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।...
कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी
काठमाडौँ, १ पुस (रासस) । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उहाँहरु निर्वाचित हुनुभएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत...
हतियार प्रहारबाट एकको मृत्यु
दमक, १ पुस (रासस) । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि...
कांग्रेस महामन्त्री पदको मतगणना हुँदै
काठमाडौँ, १ पुस (रासस) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप...
विमानस्थलबाट पाँच बङ्गलादेशी नागरिक पक्राउ
काठमाडौँ, २९ मङ्सिर (रासस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल...
नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी
भीष्मराज ओझा काठमाडौँ, २९ मङ्सिर (रासस) ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्नुभएको हो । पुनः मतदानमा निर्वाचनमा सभापति...
सभापतिको पुनःमतदानमा हालसम्म दुई हजार १०० मत खस्यो
काठमाडौँ, २८ मङ्सिर (रासस) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ । साँझ ६ः३० बजेसम्म दुई हजार १०० मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकरी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा...
पैसा मोलमोलाई गरेको आरोपमा सिआइवीका सई पक्राउ
काठमाडौँ, २८ मङ्सिर (रासस) । गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पु¥याउने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को हो । अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइवीमाथि भरोसा गरिएको हुन्छ । तर त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दाे निकाय सिआइवीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै...
मतगणना सकियो : देउवालाई २२५८ र कोइरालालाई १७२९ मत
काठमाडौँ, २८ मङ्सिर (रासस) । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभएको छ भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त...
‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’
किमाथाङ्का, २४ मङ्सिर (रासस) । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताउनुभएको छ । गृह जिल्ला सङ्खुवासभा आउनुभएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताउनुभयो । सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी...