न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

तेस्रो लोककवि अलि मियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने
पोखरा, ९ पुस । पोखरामा माघ ८ देखि १५ गतेसम्म तेस्रो लोककवि अलि मियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा १३ ले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता पोखरा १३ स्थित माछापोखरी खेल मैदानमा हुनेछ । युवाहरुलाई खेलकुलमा आकर्षित गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले...
बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित
कावासोती, ९ पुस (रासस)। बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र...
सामाजिक सुरक्षाभत्ता लिन सास्ती
जलेश्वर, ८ पुस (रासस) । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ ।...
‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस
कास्की, ८ पुस (रासस) । नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १० गते पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित थापाको घरमा गण्डकी प्रदेशको लोक, संस्कृति र जीवनका बारेमा विभिन्न स्रष्टाबीच विचार गोष्ठी...
मनकामना केबलकार नियमित सञ्चालन
मुग्लिन, ८ पुस (रासस) । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको...
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
काठमाडौँ, ७ पुस (रासस) । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल...
सङ्घीय संसदको अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष
अशोक घिमिरे काठमाडौँ, ७ पुस ९रासस० ः प्रतिनिधिसभा पुनःस्थापित भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधले संसद्ले गति लिन सकेको छैन् । जनप्रतिनिधिमुलक सर्वोच्च संस्था सदनमा सांसद्ले जनजीविकाका विषय उठान गर्न पाएका छैनन् भने सरकारले पनि विधेयक प्रस्तुत गर्न सकिरहेको छैन । यसले जनताका सवाल ओझेलमा परेका छन् । जनसंघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता,...
कुटपिटबाट श्रीमतीको मृत्यु
किमाथाङ्का, ७ पुस (रासस) । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो । यस्तै मङ्गलबार...
छोरीको संम्झनामा बुबाआमाद्वारा अक्षयकोष स्थापना
पोखरा, ७ पुस । गतवर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे« ३ धितालकी अबिश्री पौडेलको संम्झनामा अक्षयकोष स्थापना भएको छ । स्वर्गीय अबिश्रीको नाममा बुबा त्रिविक्रम पौडेल र आमा शिव कुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अबिश्री अक्षयकोष स्थापना गर्नु भएको हो । पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योती माध्यामिक विद्यालयले संचालन गर्ने गरी उक्त...
लायन्सको दशौं महाधिवेशन पोखरामा हुने
पोखरा, ६ पुस । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहने गरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा लायन्स क्लव अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष मिलन...