न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सांगठनीक योजना निर्माणमा कास्की काँग्रेस
पोखरा, १९ पुस । नेपाली काँग्रेस कास्की पार्टी सदृढिकरणका लागि सांगठनीक योजना निर्माणमा जुटेको छ । ‘संगठनलाई मजबुत बनाउन योजना आवश्यक पर्छ, योजना अनुसार नै पार्टीलाई अघि बढाउन खोजेका हौं, कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले भन्नुभयो – कास्की काँग्रेसले अब के गर्छ, त्यो योजनाबाट निर्देशित हुनेछ ।’ योजना निर्माणका लागि पार्टीले सोमबार पोखरामा कार्याशाला गोष्ठी...
नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेश समिति
पोखरा, १८ पुस । नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । पोखरामा सम्पन्न एक भेलाले शुुशील पौडेलको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रामजी बराल, उपाध्यक्षमा लक्ष्मी जैशी, महेन्द्र पौडेल, महासचिवमा संकेत सापकोटा, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्षमा शर्मिला सुनार रहनुभएको छ । सदस्यहरुमा सृजना गौतम,...
भूकम्पको धक्का
लमजुङ, १७ पुस (रासस) । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने...
‘हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा’
काठमाडौँ, १७ पुस (रासस) ः हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको असर...
हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने
ताप्लेजुङ, १७ पुस (रासस) । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ...
पुनः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, पुस १६ (रासस) ।आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य...
एकै परिवारका चार जनाको मृत्यु
राँझा, १५ पुस (रासस) । नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उहाँकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन...
चिसो बढेपछि शैक्षिक संस्था बन्द गर्न आह्वान
रुपन्देही, १४ पुस (रासस) । वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ । उपमहानगरपालिकाले आज सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै दुई दिनका लागि विद्यालय बन्द गर्न शैक्षिक संस्थालाई अनुरोध गरेको छ । विद्यालयले दिने वर्षे÷हिउँदे बिदाबाट...
बिहीबार सार्वजनिक बिदा
काठमाडौँ, १४ पुस (रासस) ःनेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ । तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको...
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
काठमाडौँ, १४ पुस (रासस) ।पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ”, उहाँले भन्नुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली...