न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू
काठमाडौँ, ८ माघ (रासस) । कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी...
रुखले च्याप्दा एकको मृत्यु
देउखुरी, ७ माघ (रासस) । देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ३३ वर्षीय सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शुक्रबार बिहान साढे सात बजेको समयमा घर नजिकैको जङ्गलमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको परिवारले जानकारी...
काँग्रेस गण्डकी प्रवत्तामा बास्तोला
पोखरा, ७ माघ । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रवत्तामा पोखराका नेता माधव प्रसाद बास्तोला ‘मधु’ मनोनित हुनुभएको छ । प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारी बैंठकले उहाँलाई प्रवत्ता मनोनित गरेको हो । पोखरा ११ फूलबारी निवासी बास्तोला नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीको दुई कार्यकाल क्षेत्रीय सभापति भएर काम गरिसक्नु भएको छ । उहाँले...
अत्यावश्यक बाहेकका सेवा बन्द
काभ्रेपलाञ्चोक, ७ माघ (रासस) । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ । सङ्क्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक...
कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित
काठमाडौँ, ७ माघ (रासस) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली, र अछामको अधिवेशन...
नक्कली नोटसहित दुई पक्राउ
चितवन, ७ माघ (रासस) । प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् । भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका...
भोलिदेखि मौसममा सुधार हुने
काठमाडौँ, ६ माघ (रासस) । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले...
त्रिविविका सबै परीक्षा स्थगन
काठमाडौँ, ६ माघ (रासस)  । त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको आजको बैठकले यही माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । “विश्वविद्यालयअन्तर्गत हाल सञ्चालन भइरहेका अधिकांश परीक्षा सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा...
सार्दीखोलामा दलित समुदायका ४० जना काँग्रेस प्रवेश
पोखरा, ५ माघ । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं २ सार्दीखोलामा दलित समुदायका ४० जना नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति मनोज गुरुङ, संविधान सभा सदस्य शारदा पौडेल, वडा कार्यसमिति सभापति गणेश आचार्य र नेपाल दलित संघ क्षेत्र नं ३ सभापति उदय कुमार नेपालीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको...
थप ११ हजार ३५२ मा सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै छ हजार ३४३
काठमाडौँ, ५ माघ (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा एक हजार ९४ ले बढी हो । मङ्गलबार देशभरमा १० हजार २५८ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । आज कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । उपत्यकाका तीन...
कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक
गोरखा, ५ माघ (रासस) । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले...