न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

ट्रकमा आगलागी
राजविराज, १२ माघ (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ । कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना५ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म...
काँग्रेस नेता तथा गण्डकी प्रदेशसभा सदस्य दवाडीद्वारा सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च
कास्की, ११ माघ (रासस) । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधाबापतको रकम सामाजिक क्षेत्रमा...
सङ्क्रमण बढेपछि कास्कीका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित
कास्की, ११ माघ (रासस) । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ । सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् । स्थानीय सरकारले...
पोखराका औंषधी सप्लायर्स र फार्मेसीको अनुगमन, सिटामोलको अभाव छैन
पोखरा, ११ माघ । जिल्ला प्रशासन कार्यालय कास्कीले कास्की जिल्लामा सिटामोलको अवस्था बारेमा अनुगमन गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै देशका विभिन्न स्थानमा सिटामोलको अभाव रहेको बेला कास्कीमा भने अभावको अवस्था आउन नदिन अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार तीन वटा टोली परिचालन गरी अनुगमन गरेको थियो । प्रशासकीय अधिकृतहरु घनश्याम गौतम,...
दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित
नृपेन्द्रबहादुर मल्ल मुगु, ११ माघ (रासस) । छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो । गाउँमा गाडी पुगेपछि...
१० हजार बढी सङ्क्रमित थपिए
काठमाडौँ, १० माघ (रासस) । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार ५५० पुगेको छ । पछिल्लो समय दुई हजार ५४०...
जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द
पोखरा, ११ माघ । जिल्ला प्रशासन कार्यालयले कास्कीले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको छ । कार्यालयले माघ ११ गतेदेखि अर्काे सूचना जारी नभएसम्मको लागि सेवा बन्द गरेको हो । शान्ति सुरक्षा, मुद्वा व्यवस्थापन, विपद् व्यवस्थापन, तथा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको जनाइएको छ । कार्यालयमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा उपचाररत...
सरकारी कार्यालय र कम्पनी नै पालना गर्दैनन् मापदण्ड
पूर्णप्रसाद मिश्र काठमाडौँ, १० माघ (रासस)। सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन् । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो । संशोधनअनुसार खोला किनारमा निर्माण गर्दा वाग्मती, विष्णुमती र मनोहरा...
निगमले आइओसीलाई पठायो १३ अर्ब
काठमाडौँ, १० माघ (रासस) । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले...
सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम
सोलुखुम्बु, १० माघ (रासस) । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका...
ओमिक्रोन कहर ः प्रभावित हुन थाले सार्वजनिक सेवा
रामबहादुर थापा बागलुङ, १० माघ (रासस) ः कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन् । मालपोत कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक नियमित सेवा प्रवाहलाई...
बालकुमारी मन्दिरको मूर्ति चोरी
ललितपुर, ९ माघ (रासस) । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चारी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ । आज बिहान करिब ३ देखि...