न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

गण्डकी प्रदेशमा सार्वजनिक विदा
पोखरा, ३ फागुन । गण्डकी प्रदेशमा फागुन ४ गते बुधबार सार्वजनिक विदा दिइएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा विदा दिइएको हो । सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।
ठगी नियन्त्रण गर्न प्रहरी परिचालन
काठमाडौँ ३ फागुन ९रासस० ःवैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ...
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
बुटवल, ३ फागुन (रासस) :रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले...
नयाँ भाडादर कार्यान्वयनको अवस्था बुझ्न मन्त्री खड्का निरीक्षणमा
पोखरा, २ फागुन । गण्डकी प्रदेश सरकारले १ गतेदेखि लागु गरेको नयाँ भाडादर कार्यान्वयनको अवस्था बारे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी लिनुभएको छ । भाडादर लागु भएको पहिलो दिन नैे स्वयं मन्त्री खड्का नै निरीक्षणमा निस्केर त्यसबारे जानकारी लिनुभएको छ । मन्त्रालयका महाशाखा प्रमुख टिकाराम पौडेल र निजी सचिव...
सिर्जनाचोकमा पोखराको पहिलो आकाशे पुल
गण्डकी, २ फागुन (रासस) ःपर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनको चाप दृष्टिगत गरी पोखरा महानगरपालिकाले सो पुल निर्माण गरेको हो । पूर्व मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्पmत रु ५० हजार रकम विनियोजन गरेसँगै सो आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो ।...
पोखरामा ठेलो खेल प्रतियोगिता हुने
ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको महत्व निकै हुन्थ्यो । पर्व तथा मेलामा यसलाई छुटाइँदैनथ्यो । मौलिक खेल ठेलो परापूर्वकालदेखी सञ्चालन हुँदै आएकामा पछिल्लो समय लोप हुँदै गएपछि ठेलो खेलको विकास र...
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट
काठमाडौँ, १ फागुन (रासस) :जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २७ लाख नौ हजार ८५५ जनाले तीन करोड ३१ लाख ४७...
आजदेखि दैनिक एक पटक रेल सञ्चालन
धनुषा, १ फागुन (रासस) :लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेलहुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे...
एमसिसीविरुद्ध नियोजित रुपमा भ्रम फैलाउने काम भयो : प्रवक्ता डा महत
चितवन, १ फागुन (रासस) :नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्नुहुँदै उहाँले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक छ भन्नुभयो । एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग...
आठ सय ३६ जना सङ्क्रमित
काठमाडौँ, २९ माघ (रासस)ःकोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १०२ जना रहेका छन् । पछिल्लो...
१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध
काठमाडौँ, २९ माघ (रासस) : नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार...