न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु
कास्की, ८ फागुन (रासस):बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को साझेदारीमा अहिले पोखरा–२९ को जनप्रकाश माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकामा सोही वडाको खल्याणमा आधुनिक भवन निर्माणका लागि शनिबार शिलान्यास गरी...
सूचना प्रविधि प्रयोगशालामा आगजनी
मलङ्गवा, ८ फागुन (रासस) :बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ । ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेकोे छ । आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत...
पोखरा म्याराथनः केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम
गण्डकी, ७ फागुन (रासस) ः नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको १६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन खुला दौड प्रतियोगितामा केन्याका धावक स्टेफल कोसगाइ प्रथम भएका छन् । पोखरा रङ्गशालाबाट सुरु भएको ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन् । उनले नगद चार लाख रुपैयाँसहित मेडल प्राप्त...
टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस
काठमाडौँ, ७ फागुन (रासस) ःनेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा,...
फरार रहेका २६० पक्राउ
चितवन, ७ फागुन (रासस) ःअदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार...
ठाडो भाका र बत्ती कर्पुटारका विशेषता
वासुदेव पौडेल गण्डकी, ६ फागुन (रासस) ः ‘कता गयो देउबहादुर दुरा शून्य भयो कर्पुटार बजारʾ पश्चिम नेपालमा ठाडो भाकाका गीत निकै लोकप्रिय छन् । लोकसाहित्यअन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडा भाकाका गीत पश्चिम नेपालको पहिचान हो । यही ठाडो भाकाको उद्गमस्थल लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ कर्पुटारले चासो र चर्चा कमाएकोे छ ।...
पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै म्याराथन दौड
ण्डकी, ६ फागुन (रासस) :पोखराको पर्यटन प्रवद्र्धनमा यहाँ सञ्चालन हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहयोगी बन्दै आएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले बर्सेनी फागुनको पहिलो शनिबार सो प्रतियोगिता आयोजना गर्दैआएको छ । प्रतियोगितामा भाग लिन देशका विभिन्न ठाउँबाट धावक आउने गर्छन् । केही वर्षयता विदेशी धावक सहभागी बन्न थालेपछि यसको महत्व चुलिँदै गएको...
करेन्ट लागेर दाजुभाइको मृत्यु
मपुर, ६ फागुन (रासस) :पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो । बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
नक्कली नोटसहित चार जना पक्राउ
काठमाडौँ, ५ फागुन (रासस) :काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् । राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नं–९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका–६ का असरफअली सइदलाई नक्कली...
सोह्र जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते
काठमाडौँ, ५ फागुन (रासस) ः नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो । यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी...
निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौँ, ५ फागुन (रासस) :निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान गरेको...
एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै
काठमाडौँ, ४ फागुन (रासस) :पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ...