न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
इनरुवा, ११ फागुन (रासस) :सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो । गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला...
पोखरामा आफूखुशी उम्मेद्वारी घोषणा नगर्न अनुरोध
पोखरा, १० फागुन ।नेपाली काँग्रेस पोखरा महानगर समितिले आफूखुशी पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी घोषणा नगर्न अनुरोध गरेको छ । समितिका सचिवद्वय टुवराज बास्तोला विशाल र गणेश बहादुर थापाद्वारा हस्ताक्षरीत विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा केन्द्रीत बनेर सामाजिक सञ्जालमार्फत उम्मेद्वारी स्वघोषणा गर्ने र अरुलाई गर्न लगाउने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसो नगर्न अनुरोध गरिएको छ...
नेशनल प्याव्सन कास्कीले लोक नृत्य प्रतियोगिता गर्ने
पोखरा, १० फागुन ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले १४ औं लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालय वीच गर्न लागेको उक्त प्रतियोगिता फागुन १४ गते...
फेरि भूकम्प
काठमाडौँ, १० फागुन (रासस) :बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३.५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । यस्तै आज बिहान लमजुङको बेँसीसहर केन्द्रविन्दु भएर भूकम्प...
पोखरालाई कार्बन तटस्थ सहर बनाउन छलफल
पोखरा, १० फागुन (रासस) ःपोखरा महानगरपालिकाको आयोजना र बेलायती सहयोग नियोगको प्राविधिक सहयोगमा पोखरालाई कार्बन तटस्थ सहर बनाउने बारे छलफल भएको छ । महानगरको ‘दीर्घकालीन सोचपत्र पोखरा २१००’ मा पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य निर्धारण गरिएकाले सो लक्ष्य पूरा गर्न महानगरभित्र मुख्य कार्वन उत्सर्जन गर्ने क्षेत्रहरु पत्ता लगाई सोको निराकरणका लागि आवश्यक रणनीति अपनाउने...
मुख्यमन्त्री–बेलायती राजदूत भेट
गण्डकी, १० फागुन (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गर्नुभयो । उहाँले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी...
लमजुङमा पुनः भूकम्पको धक्का
लमजुङ, १० फागुन (रासस) :गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ...
वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा
पोखरा, ९ फागुन (रासस) :बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गर्नुभएको छ । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उहाँले आज बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गर्नुभएको हो । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएका उहाँले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा...
हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ९ फागुन (रासस) ःदेशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का...
पोखरेली पर्यटन व्यवसायी दुर्लुङमा
पोखरा, ९ फागुनः पर्वतको कुष्मा नगरपालिका वडा नं ३ स्थित धार्मिक एवम् ऐतिहासिक स्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रबद्र्धनको लक्ष्यका साथ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा ), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु गरिएको पर्वत र वाग्लुङ जिल्ल्का पर्यटकीय गन्तव्य अवलोकन भ्रमण,...
पोखराका सडक असिनाले सेताम्मे, जनजीवन प्रभावित
कास्की, ८ फागुन (रासस) :पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो ।...
एक हजार ३३८ जना सङ्क्रमणमुक्त
काठमाडौँ, ८ फागुन (रासस) :पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन्...